नेकपा एकिकृत समाजवादीद्वारा गिरीबन्धु प्रकरण तत्काल छानविन गर्न माग
बिर्तामोड । नेकपा एकिकृत समाजवादीले झापाको गिरीबन्धु प्रकरण तत्काल छानविन गरि सार्वजनिक गर्न माग गरेको छ । शनिबार बसेको जिल्ला कमिटीको बैठकले झापालाई नै बदनाम गराउने गरि भएको अनियमितता र भ्रष्टाचारको तत्काल छानविन गरि सार्वजनिक गर्न माग गरेको हो ।
झापाको गलत पहिचान स्थापित गर्ने र बद्नाम गराउने गरि भएको गिरीबन्धु चलखेल, शरणार्थी प्रकरण आदिको तत्काल छानविन गरी सार्वजनिक रुपमा उठेका प्रश्नहरुको उत्तर दिन माग गरिएको नेकपा एकिकृत समाजवादीका झापा अध्यक्ष विपी भट्टराईले जानकारी दिए । ‘लोकतान्त्रिक ब्यबस्थामा प्रश्न उठनु समान्य कुरा हो, उठाउन पाउनु पर्छ तर, सम्बन्धित पक्षले उत्तर नदिनु गम्भीर कुरा हो, त्यो निरंकुशताको लक्षण हो,’ उनले भने, ‘अहिले झापा भन्यो भने अर्काले ए गिरीबन्धु र शरणार्थी भन्छ ।’ उनले थपे, ‘झापा यो ढंगले पहिचानसमेत गुम्ने गरि भ्रष्टाचारको जननी हो भनेर कुरा उठ्दा समेत झापाका ठुला भनिएका राजनीतिक दलहरु एमाले, कांग्रेस, माओवादी र अरु नयाँ के के न गर्छु भनेर आएका दलहरु मुखमा पानी हालेर बस्नुले झापाली जनाता चकित छ्न ।’
अध्यक्ष भट्टराईले झापाबाट भ्रष्टाचार विरुद्ध नेकपा समाजवादी पार्टी अगाडी बढेको उद्घोषसमेत गरे । ‘यो हाम्रो मागलाई बेवास्ता गरिए आउने परिमाणको जवाफदेहीता सम्बन्धित पक्ष्ले लिनु पर्छ,’ उनले भने, ‘भएको के हो सत्य तथ्य तत्काल सार्वजनिक गर्न हाम्रो जोडदार माग छ ।’
बैठकमा समाजवादीका झापा सहइन्चार्ज निलमणी बराल, निवर्तमान जिल्ला अध्यक्ष बेदराज रेग्मी, प्रदेश कमिटी सदस्यद्वय शुशिला तिवारी, श्रीप्रसाद सिटौला, जिल्ला सचिव सानुकुमार लामा, उपसचिवद्वय श्रीप्रसाद मिश्र र उदय बराइली सहभागि थिए ।