२०८३ बैशाख १९ गते , शनिबार

गृहमन्त्रीले राजीनामा नदिए संसद्लाई लडाइँको मैदानमा परिणत गछौँ : किँराती

sajilo news
परिवेश मिडिया
२०८२ जेष्ठ १७ गते , शनिबार
गृहमन्त्रीले राजीनामा नदिए संसद्लाई लडाइँको मैदानमा परिणत गछौँ : किँराती

धनकुटा माओवादीका सांसद सुदन किरातीले गृहमन्त्रीले राजीनामा नदिए संसद्लाई लडाइँको मैदानमा परिणत गरिदिने चेतावनी दिएका छन् शनिबार  नेकपा (माओवादी केन्द्र) छथर गाउँपालिकाको अधिवेशनलाई सम्बोधन गर्दै उनले विश्वसामु नेपालीको छवि धमिलो भएको बताएका हुन् किरातीले भने, ‘भिजिट भिसाको नाममा मानव तस्करी गर्ने नालायक सरकारले आज विश्व सामु नेपालीको छवि धमिलो बनाएको गृहमन्त्रीको  राजीनामा प्रधानमन्त्रीले संसद्मा उभिएर जवाफ नदिए हामी संसद्लाई लडाइँको मैदानमा परिणत गरिदिने छौँ

उनले माओवादीले जुन पाइला सारे पनि खुकुरीको धारमा नै टेक्नु पर्ने अवस्था रहेको जिकिर गरे उनले भने, ‘भ्रष्टाचारको विरोध गर्दा संसद्मा राजावादीसँग उभिनु पर्दा पिडा हुन्छ कथित राजावादीको विरोध गर्दा भ्रष्टाचारीहरूसँग उभिनु पर्दा झन् पीडा हुन्छ राजनैतिक नैतिक रूपमा हामी माओवादीलाई निक्कै सङ्कट   किनभने हामी माओवादी गणतन्त्रको जनानी हौ भ्रष्टाचार हाम्रो शत्रु हो   त्यसैले भ्रष्टाचार हामी सहन सक्दैनौँ

उनले अब माओवादी आफ्नै खुट्टामा खडा हुनुपर्ने बताउँदै एकचोटी गणतन्त्रको पक्षमा बलिदानी पूर्ण ढंगले गर्जिनुपर्ने जिकिर गरे उनले सँगसँगै भ्रष्टाचारीहरूको भण्डाफोर गर्दै जानुपर्ने बताए

सम्बन्धित समाचार