गणतन्त्र दिवसमा मैत्रीपूर्ण फुटबल आयोजना गरिने
बिर्तामोड । गणतन्त्र दिवसको अवसरमा जेठ १५ गते मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता बिर्तामोडस्थित डोमालाल रंगशालामा हुन लागेको हो ।
अखिल नेपाल खेलकुद महासंघ झापा र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को संयुक्त आयोजना प्रतियोगिता हुन लागेको हो । बिहान ७ बजेदेखि प्रतियोगिता शुरु हुने अखिल नेपाल खेलकुद महासंघ झापाका इञ्चार्ज मदन खड्काले जानकारी दिए ।
मैत्रीपूर्ण खेलको प्रथम हुने टिमलाई २५ केजीको खसी र उपविजेतालाई १५ केजी लोकल कुखुरा प्रदान गरिने खेल संयोजक सुरेल आले मगरले बताए । प्रतियोगितामा आयोजक अखिल नेपाल खेलकुद महासंघ झापा, पिएलए, वाइसीएल, नेपाल राष्ट्रिय कर्मचारी संगठन, अनेरास्ववियु (क्रान्तिकारी) एउटा पोलमा र अर्को पोलमा पूर्वेली युवा क्लब, राजनीतिक दल, नेपाल पत्रकार महासंघ झापा, अखिल नेपाल ट्रेड युनियन महासंघ र बिर्तामोड उद्योग वाणिज्य संघ अर्को पोलमा रहने बताइएको छ ।