२०८३ बैशाख १९ गते , शनिबार

एमालेलेपनि अनेरास्ववियुमा ३२ बर्षे उमेर हद लगाउने

sajilo news
परिवेश मिडिया
२०८२ जेष्ठ ११ गते , आईतबार
एमालेलेपनि अनेरास्ववियुमा ३२ बर्षे उमेर हद लगाउने

झापा नेकपा एमालेले अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लगाउने निर्णय गरेको

केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टी सचिवालय बैठकले ३२ वर्षे उमेर हद लगाउने निर्णय गरेको हो उमेर हद लगाउने निर्णयसँगै सचिवभन्दा माथिका सबै पदाधिकारी बाहिरिने छन्

अनेरास्ववियु (क्रान्तिकारी)ले यस अघि नै ३२ बर्षे उमेर हद लगाइसकेको

नेतृत्वको स्वभाविक दावेदार रहेका उपाध्यक्षहरू धर्म गिरी, मर्यादा बिष्ट, नारायण घर्ती गोविन्द गिरी उमेर हदका कारण संगठनबाट बाहिरिनेछन् अध्यक्ष पदका बलिया दाबेरदार रहेका महासचिव नरेश रोकाया पनि उमेर हदका कारण संगठनबाट बाहिरिनेछन्

सचिवहरू मनोज ताम्ली, सञ्जीव धिताल, आशिर्वाद सुवेदी विनिता काफ्ले पनि उमेर हदका कारण संगठनबाट बारिने भएका छन्

३२ वर्ष उमेर नकटेका सचिवहरु दीपक धामी, प्रकाश पौडेल, आरती भट्टराई अञ्जना सिवाकोटीले भने नेतृत्वमा दावी गर्न सक्नेछन् अर्थात् उमेर हदका कारण यी जना पदाधिकारी स्वभाविक नेतृत्वको दाबेदार बनेका छन्

अनेरास्ववियुको आगामी २५२८ जेठमा महाधिवेशन हुँदैछ कीर्तिपुरमा हुने यही महाधिवेशनबाट उमेर हद लगाउने एमालेले निर्णय गरेको बैठक स्रोतका अनुसार पार्टी सचिव योगेश भट्टराईले आगामी महाधिवेशनबाट लागू हुनेगरी निर्णय गर्न प्रस्ताव गरेका थिए

अहिले अध्यक्ष हुने भनेर एक खालको तयारी धेरै अगाडि बढाइसकेका छन्, अर्कोपटक लागू गर्दा कसो होला ?’, सचिव भट्टराईले विकल्प प्रस्तुत गरेका थिए तर, अध्यक्ष केपी शर्मा ओलीले यही महाधिवेशनबाट उमेर हद लगाएर जानुपर्ने निर्णय सुनाए

सम्बन्धित समाचार