२०८३ बैशाख १९ गते , शनिबार

रविन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

sajilo news
परिवेश मिडिया
२०८२ बैशाख ३० गते , मंगलबार
रविन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

झापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको

गत १५ चैतमा पक्राउ परेका मिश्रसहितका आरोपितलाई आठौंपटक म्याद थपका लागि मंगलबार काठमाण्डौ जिल्ला अदालतमा लगिएको थियो

राजावादीले १५ चैतमा काठमाडौंको तीनकुनेमा आयोजना गरेको प्रदर्शन हिंसात्मक भएपछि त्यसमा भूमिका खेलेको आरोपमा मिश्रलगायतमाथि प्रहरीले विभिन्न अभियोगमा अनुसन्धान गरिरहेको

मिश्रसँगै पक्राउ परेका राप्रपा महामन्त्री डा. धवलशमशेर राणालाई स्वास्थ्य अवस्थाको कारण देखाएर प्रहरीले थुनाबाहिर राखेर अनुसन्धान गरिरहेको पछि पक्राउ परेका आन्दोलनका कमान्डर भनिएका दुर्गा प्रसाईं पनि थुनामै छन्

मिश्रमाथि प्रहरीले राज्यद्रोह, संगठित अपराध, आपराधिक उपद्रव कसुरमा अनुसन्धान गरिरहेको प्रसाईंसहित केहीलाई भने कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग कसुर लगाएको

सम्बन्धित समाचार