२०८३ बैशाख १९ गते , शनिबार
भट्टराईको नेतृत्वमा नेकपा एस झापाको नयाँ नेतृत्व चयन
बिर्तामोड । नेकपा एकीकृत समाजवादी झापाको नयाँ नेतृत्व चयन भएको छ । शुक्रबार साँझ सम्पन्न १०औं जिल्ला अधिवेशनले विपी भट्टराईको नेतृत्वमा ६१ सदस्यीय समिति चयन गरेको हो ।
अधिवेशनबाट भट्टराईसहित सम्पूर्ण नेतृत्व सर्वसम्मत चयन भएका हुन् । समितिको उपाध्यक्षमा नविन इजम र सरस्वती लिम्बू, सचिव सानुकुमार लामा, उपसचिवमा होम बराल, श्रीप्रसाद मिश्र, उदय बराइली रहेका छन् ।