२०८३ बैशाख १९ गते , शनिबार

ओलीको निर्देशन उल्लंघन गर्दै एमाले सांसदले गरे नीति कार्यक्रमको मौन विरोध

sajilo news
परिवेश मिडिया
२०८२ बैशाख २६ गते , शुक्रबार
ओलीको निर्देशन उल्लंघन गर्दै एमाले सांसदले गरे नीति कार्यक्रमको मौन विरोध

झापा एमालेका सांसद चन्द्रबहादुर विश्वकर्माले नीति तथा कार्यक्रमको मौन विरोध गरेका छन् प्रधानमन्त्री एवं संसदीय दलका नेता केपी शर्मा ओलीको निर्देशन उल्लंघन गर्दै विश्वकर्माले नीति तथा कार्यक्रमप्रति मौन टिप्पणी गरेका हुन्

वैशाख १९ गते सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए नीति कार्यक्रमको छलफल सुरु हुुनुअघि आयोजित संसदीय दलको बैठकमा ओलीले एमाले सरकारले गलत नीति तथा कार्यक्रम नल्याउने भन्दै सांसदहरुलाई समर्थनमा बोल्न निर्देशन दिएका थिए तर विश्वकर्माले शुक्रबार छलफलमा भाग लिँदै आफ्नो मौन टिप्पणी रहेको भन्दै भद्र विरोध जनाएका हुन्

उनले आफूले बोल्न पाएको समय मौन उभिएर विरोध जनाए

मौन टिप्पणी सुरु गर्नुअघि विश्वकर्माले रोष्ट्रमबाट भनेका थिए, ‘वैशाख १९ गते यस गरिमामय सदनमा आर्थिक वर्ष २०८२/८३ का लागि राष्ट्रपतिले नीति तथा कार्यक्रम सम्बोधन गर्नुभएको थियो त्यसपछि यस गरिमामय संसदमा आफ्नो क्रिया प्रतिक्रियाहरु आएका छन् छलफल भइरहेको मैंले पनि प्रतिक्रिया दिनका लागि यहाँ उपस्थित भएको छु  त्यसैले प्रतिक्रिया दिन चाहन्छु......

विश्वकर्मा नेकपा एकताका क्रममा माओवादी हुँदै एमाले भएका हुन् एमाले माओवादीको एकता सर्वोच्चले भंग गरेपछि उनी एमालेतिर लागेका थिए विश्वकर्मा एमालेका समानुपातिक तर्फका सांसद हुन्

सम्बन्धित समाचार