२०८३ बैशाख १९ गते , शनिबार
जेठ १५ गतेदेखि अनिश्चितकालिन आन्दोलन गर्ने राजावादी समूहको घोषणा
काठमाण्डौ । राजावादी समूहले आगामी जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलनको घोषणा गरेको छ ।
बिहीबार राजसंस्था पुनर्स्थापनाका लागि गठित नवराज सुवेदी नेतृत्वको संयुक्त जन आन्दोलन समितिले पत्रकार सम्मेलन गर्दै उक्त घोषणा गरेको हो ।
पत्रकार सम्मेलनमा उनले राजसंस्था स्थापना नभएसम्म आन्दोलन जारी रहने समेत बताए ।
सुवेदीले आफूहरूको आन्दोलन शान्तिपूर्ण हुने बताए । जनआन्दोलन घोषणा सभामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा लगायत जनआन्दोलन घोषणा सभामा सहभागी थिए ।