२०८३ बैशाख १९ गते , शनिबार

प्रेस स्वतन्त्रताका लागि दलहरुले जनाए प्रतिबद्धता

sajilo news
परिवेश मिडिया
२०८२ बैशाख २० गते , शनिबार
प्रेस स्वतन्त्रताका लागि दलहरुले जनाए प्रतिबद्धता

बिर्तामोड प्रेस स्वतन्त्रताका लागि झापाका राजनीतिक दलहरुले साझा प्रतिवद्धता जनाएका छन् नेपाल पत्रकार महासंघ झापा शाखाद्वारा आयोजित एक कार्यक्रममा उनीहरुले साझा प्रतिबद्धतामा हस्ताक्षर गरेका हुन्

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ झापा शाखाद्धारा आयोजित ‘प्रेस स्वतन्त्रताका लागि राजनीतिक दलहरुको प्रतिवद्धता विषयक अन्तरसंवादमा सहभागी जिल्ला स्तरीय राजनीतिक दलका अध्यक्ष तथा प्रतिनिधीहरुले पाँच बुँदे साझा प्रतिबद्धता जनाएका छन् 

उनीहरुले जनाएका साझा प्रतिबद्धता यस्ता रहेका छन् :

संविधान प्रदत्त पूर्ण प्रेस स्वतन्त्रताको व्यवहारमै कार्यान्वयनका लागि प्रतिबद्ध छौं   साथै प्रेस स्वतन्त्रताको सम्मान, रक्षा कार्यान्वयनका लागि सरकारसहित सबै सरोकारवालाको ध्यानाकर्षण गराउँदछौं

राज्यका तीनै तहमा सञ्चार सम्बन्धी कानूनहरु पूर्णरुपमा बनाएर कार्यान्वयन गर्न ध्यानाकर्षण गराउँदछौं साथै झापाका १५ वटै स्थानीय सरकारलाई एक वर्षभित्र सञ्चार कानून निर्माण कार्यान्वयन गर्न अपिल गर्दछौं

२०८१÷१२÷१५ गते काठमाण्डौको तीनकुनेमा भएको पत्रकार सुरेश रजकको हत्याको छानविन गर्न, परिवारलाई क्षतिपूर्ति दिन, घाइते पत्रकारको निःशुल्क उपचार क्षति पुर्याइएका सञ्चार माध्यमलाई उचित क्षतिपूर्तिको व्यवस्थाका लागि सरकारको ध्यानाकर्षण गराउँदछौं

पत्रकारको क्षमता वृद्धि तथा पत्रकार महासंघको संस्थागत विकास गर्दै मर्यादित व्यावसयिक पत्रकारिताको विकासका लागि महासंघ स्थानीय सरकारबीचको सहकार्यमा जोड दिंदै त्यसका लागि राजनीतिक दलहरुको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं

झापाका पत्रकारको सामाजिक सुरक्षाका लागि महासंघले स्थापना गरेको पत्रकार सहारा उपचार कोषको वृद्धिका लागि झापाका राजनीतिक दलहरुको तर्फबाट समेत पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै कोषमा सहयोगका लागि सबै पक्षलाई अपिल गर्दछौं

कार्यक्रममा नेपाली कांग्रेस झापाका कार्यवहाक सभापति केशवराज पाण्डे, नेकपा एमाले झापाका अध्यक्ष प्रेम गिरी, नेकपा माओवादी केन्द्र झापाका संयोजक राजु आचार्य (अग्नी), रास्वपा झापाका सचिव शम्भु सुस्केरा, राष्ट्रिय प्रजातन्त्र पार्टी झापाका अध्यक्ष केशवप्रसाद ओझा, नेकपा एकिकृत समाजवादीका झापा अध्यक्ष बेदराज रेग्मी, जनता समाजवादी पार्टीका झापा अध्यक्ष समर राई, जनमत पार्टीझापाका अध्यक्ष भोटलाल राजवंशी, नागरिक उन्मुक्ति पार्टीका झापा अध्यक्ष थिरबहादुर खवास नेपाल कम्युनिष्ट पार्टीका झापा इञ्चार्ज सुमन सिंह सिले साझा प्रतिबद्धतामा हस्ताक्षर गरेका छन्

पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रम सचिव राजु पाठकले सञ्चालन गरेका थिए

सम्बन्धित समाचार