२०८३ बैशाख १९ गते , शनिबार

सभापति लामिछानेमाथि प्रतिशोध साँधियो : सोबिता गौतम

sajilo news
परिवेश मिडिया
२०८२ बैशाख २० गते , शनिबार
सभापति लामिछानेमाथि प्रतिशोध साँधियो : सोबिता गौतम

झापा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको बताएकी छिन् साथै, उनले सभापति लामिछानेविरुद्ध लगाइएको मुद्दामा कुनै दम नभएको तर्क पनि गरिन्

कास्कीको रुपा गाउँपालिकाको कार्यालय उद्घाटन तथा क्यालेन्डर विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्

आफूहरू नेतृत्वको ढाकछोप गर्ने पुस्ता नभएको जानकारी गराउँदै आफू सचेत नागरिक कानुनको विद्यार्थी भएर सभापति लामिछानेको मुद्दाबारे टिप्पणी गरेको बताइन्

हामी नेतृत्वले गरेको गल्ती ढाकछोप गर्ने पुस्ता होइनौं, तर एउटा सचेत नागरिक भएको हिसाबले, कानुनको विद्यार्थी भएको हिसाबले के चाहिँ भन्न चाहन्छु भने त्यो मुद्दामा दम छैन, त्यहाँ टालटुल गरेर मुद्दा बनाइएको ,’ उनले भनिन्

न्यायालयले सभापति लामिछानेलाई न्याय दिने विश्वास आफूले राखेको उनले बताइन्

न्यायालयले रवि लामिछानेलाई पक्कै न्याय दिनेछ किनभने उहाँ नेपाली जनताले आशा विश्वास गरेको पात्र हो,’ सांसद गौतमले भनिन्

आफ्नो पार्टीले उठाएका विषयलाई वर्तमान सरकारले दबाउने काम गरिरहेको उनको भनाइ थियो

रास्वपाले उठाएको मुद्दा दबाउने काम यो सरकारले गरिरहेको हिजोको दिनमा भ्रष्टाचार भएको कुराहरू सुन्न पाइँदैन थियो तर, अहिले रास्वपा चौथो ठूलो दल हो अब अझै हामीले जनताको विश्वास जित्न बाँकी नै ,’ उनले भनिन्, ‘रास्वपा आएपछि भ्रष्टाचार भएको कुरा थाहा भयो पोखरा विमानस्थलमा १४ अर्बको भ्रष्टाचार भएको भन्ने थाहा भएको वाइडबडी गिरिबन्धुमा भएको भ्रष्टाचार, संसदीय छानबिन समितिको नजिर बसालिहालियो अब ढाकछोप गर्ने प्रयास भएको भुटानी शरणार्थी फाइल खुलिसकेको थियो, फेरि पनि हामीले गरिसक्यौं, अब छाडिंदैन भनेर त्यसलाई दबाउने काम हुँदैछ

अहिलेको सरकार बनेको १० महिना पुग्दा पनि प्रत्येक दिन विभिन्न विवादित मुद्दा घोटाला मात्रै आइरहेको उनले बताइन्

उनले देशभर निराशा नै निराशा भइरहेको बताइन् यो सरकारले काम गर्न सकिरहेको छैन यो सरकार सच्चियोस्,’ उनले भनेकी छिन्

सम्बन्धित समाचार