२०८३ बैशाख १९ गते , शनिबार
नीति तथा कार्यक्रममा नेकपा एसको लाइनमा बसे बामदेव
बिर्तामोड । सरकारको नीति तथा कार्यक्रम पेश गरिने संघीय संसदको संयुक्त बैठकमा राष्ट्रिय सभाका मनोनित सांसद वामदेव गौतम नेकपा (समाजवादी)का सांसदहरुको लहरमा बसेका छन् ।
राष्ट्रपतिबाट नीति तथा कार्यक्रम वाचन हुने बैठकको शुरुमै गौतम नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँगैको कुर्सीमा बसेका हुन् । नेकपा एमाले विभाजनपछि कतै नलागेका गौतम दुवै पार्टीसँग वार्तामा छन् ।
उनले एमालेमा समाहित हुन वार्ता गरेपनि कुरा नमिलेपछि नेकपा एससँग पनि संवादमै छन् । राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनित भएका सांसदमध्ये अन्जान शाक्य एमालेकै सांसदहरु बसेको लहरमा बसेकी छन् । अर्का मनोनित सांसद नारायण दाहाल राष्ट्रिय सभा अध्यक्ष छन् ।