२०८३ बैशाख १९ गते , शनिबार

रविन्द्र मिश्रमाथि प्रहरीको ज्यादती

sajilo news
परिवेश मिडिया
२०८२ बैशाख १४ गते , आईतबार
रविन्द्र मिश्रमाथि प्रहरीको ज्यादती

काठमाण्डौ राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रमाथि प्रहरीले अपमानजनक व्यवहार गरेको आज म्याद थपका लागि जिल्ला अदालत काठमाण्डौ लैजाने क्रममा उनलाई दुवै हातमा हत्कडी लगाइएको थियो

प्रहरीले थुनुवाको पोशाकमा गाडीबाट ओर्लेर हत्कडी सहित अदालत लैजाँदै गर्दा प्रहरीले उनलाई धकेलेको भिडिओ सार्वजनिक भएको मिश्रले हत्कडीसहितको हात उठाएर अदालततर्फनमस्कारगर्न खोजे तर, प्रहरीले उनको हातमै समातेर रोके

प्रहरीले रोक्दै गर्दा मिश्रले भनेका थिएअदालतलाई नमस्कार गर्नुपरेन ?

घटनास्थलमा रहेका राप्रपा केन्द्रीय सदस्य रञ्जन कार्कीले प्रहरीबाट ज्यादतिपूर्ण व्यवहार देखाइएको बताए

राजनीतिक आन्दोलनमा सहभागी भएकै कारण एउटा प्रमुख दलको वरिष्ठ उपाध्यक्षलाई यो किसिमको व्यवहार गरिनु भर्त्सनापूर्ण ’, उनले भने

यसअघि पनि मिश्रलाई अदालत ल्याउँदा हत्कडी लगाउने गरिएको थियो तर, गाडीबाट ओराल्ने बेलामा हत्कडी खोल्ने गरिन्थ्यो तर, आज भने गाडीबाट ओर्लिँदा पनि हत्कडी फुकालिएन । 

मिश्रलाई अदालतले थप सात दिन हिरासतमा राख्न अनुमति दिएको छ । 

सम्बन्धित समाचार