२०८३ बैशाख १९ गते , शनिबार

शिक्षामन्त्रीमा पन्त, कुलमानको पक्षमा बोल्ने राज्यमन्त्री बर्खास्त

sajilo news
परिवेश मिडिया
२०८२ बैशाख १० गते , बुधबार
शिक्षामन्त्रीमा पन्त, कुलमानको पक्षमा बोल्ने राज्यमन्त्री बर्खास्त

झापा । रघुजी पन्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले पन्तलाई बुधबार शिक्षामन्त्रीमा नियुक्त गरेका हुन् । संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री ओलीले गरेको सिफारिस बमोजिम राष्ट्रपति पौडेलले पन्तलाई नियुक्त गरेका हुन्।
स्वास्थ्यको कारण देखाउँदै विद्या भट्टराईले सोमबार मन्त्रीबाट राजीनामा दिएपछि प्रधानमन्त्री ओलीले पन्तलाई उक्त जिम्मेवारी दिने तयारी गरेका थिए ।
यसैबीच प्रधानमन्त्री ओलीले ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर (कान्छाराम) तामाङलाई बर्खास्त गरेका छन् । प्रधानमन्त्री ओलीविरुद्ध अभिव्यक्ति दिएको आरोपमा आफूलाई बुधबार बर्खास्त गरिएको तामाङले बताएका छन् । आफूले प्रधानमन्त्रीविरुद्ध अभिव्यक्ति नदिएको उनले बताए । नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन नहुने भन्दै राज्यमन्त्री तामाङले असन्तुष्टि जनाउँदै आएका थिए ।
मन्त्रालयका सचिव सुरेश आचार्यलाई राज्यमन्त्रीले स्पष्टीकरण सोधेको भन्दै प्रधानमन्त्री ओली उनीप्रति रुष्ट बन्दै आएका थिए । राज्यमन्त्री तामाङले आफू सहभागी कार्यक्रम बहिष्कार गरेको भनी सचिव आचार्यलाई २४ घण्टे स्पष्टीकरण सोधेका थिए । उनी साउन १८ मा नियुक्त भएका थिए । कांग्रेस जिल्ला सभापतिसमेत रहेका तामाङ रामेछापबाट निर्वाचित सांसद हुन् ।

सम्बन्धित समाचार