२०८३ बैशाख १९ गते , शनिबार

गृह नगरमा राजावादीप्रति आक्रोशित देखिए ओली

sajilo news
परिवेश मिडिया
२०८१ चैत्र ३० गते , शनिबार
गृह नगरमा राजावादीप्रति आक्रोशित देखिए ओली

बिर्तामोड नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीहरुप्रति आक्रोश व्यक्त गरेका छन् राजावादीहरुको विरुद्धमा झापाको दमकमा आज आयोजित पार्टीको जनजागरण सभालाई सम्बोधन गर्दै ओलीले विभिन्न बहानामा देशलाई अस्थिरतामा लैजाने तमासा गरिरहेको बताए

राजनीति भनेको थाहै नपाएका, ढुंगा हान्न जानेकाले देश चलाउँछु भनेर उधुम मच्चाएको बताउँदै उनले ड्राइभिङ चलाउन नजानेकोले राम्रोसँग गाडी चलाउँछु भनेर जनतालाई छक्याएको आरोप लगाए पूर्व राजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै केहि अराजक भिडले राजा ल्याउँछौँ भन्दा मख्ख परेको बताए दुईचार मान्छेले राजा फर्काउछौं भन्दा गाडीको हुटमा चढेर हात हल्लाउँदै हिडेको पनि देखियो,’ प्रधानमन्त्री ओलीले भने, ‘यी कस्ता तत्व हुन् भन्ने कुरा चैत १५ गते काठमाण्डौको तीनकुनेमा देखियो ठुला कुरा गर्नेहरु रक्सी चोर्दै भाग्दै हिडेको,स्याउ चोर्दै हिडेको देखियो

राजावादी आन्दोलनका नाममा अराजक हिंसात्मक गतिविधि गर्नेहरूलाई प्रधानमन्त्री बनाउनुभन्दा पशुपतिका बाँदरलाई प्रधानमन्त्री बनाउँदा उपयुक्त हुने उनको भनाई थियो

लोकतन्त्रप्रति खतरा बढेको भन्दै नेकपा एमाले कोशी प्रदेश कमिटीको आयोजनामा दमकको पशुहाटमा जागरण सभा भएको थियो

सम्बन्धित समाचार