माओवादी केन्द्र मेचीनगरमा दोहोरिए चिमरिया, सर्वसम्मत नेतृत्व चयन
बिर्तामोड । नेकपा माओवादी केन्द्र मेचीनगरको अध्यक्षमा पुन: राजन चिमरिया चयन भएका छन् ।
धुलाबारीको पासाङ ल्हामू स्मृति सभाहलमा भएको नगर अधिवेशनको बन्द सत्रले चिमरियालाई नगर कमिटीको अध्यक्षमा पुनः चयन गरेको हो ।
अधिवेशनले नगर कमिटीको उपाध्यक्षमा जगतबहादुर विश्वकर्मा, मानबहादुर गिरी, लीला सुब्बा राजबंशी र मेनका घिमिरेलाई चयन गरेको छ ।
सचिवमा कृष्णराज सिटौला, सहसचिवमा तिलक थापा, कोबिलाल मेचे र ज्ञानेन्द्र सम्बाहाम्फे र कोषाध्यक्षमा बसन्त राजबंशी चयन भएका छन् ।
चिमरियाको अध्यक्षतामा ५१ सदस्यीय नगर कमिटी सर्वसम्मत चयन भएको हो ।
चिमरिया अघिल्लो कार्यकालमा किसान र सर्वसाधारणको हितमा विभिन्न काम गरेका थिए । मेचीनगरबासी माझ लोकप्रिय चिमरिया ऋतिका डेरी उद्योगका सञ्चालक र चारआली खानेपानी उपभोक्ता समितिका अध्यक्ष हुन् ।
चिमरियाकै अध्यक्षतामा भएको अधिवेशनमा पार्टीका केन्द्रीय नेता अजम्बर काम्बाङ प्रमुख अतिथि रहेका थिए । उद्घाटन कार्यक्रममा केन्द्रीय सदस्यहरु रञ्जित तामाङ र ज्योतिसिंह दर्लामी, नेकपा एकीकृत समाजबादीकी केन्द्रीय सदस्य सविता भण्डारी, पार्टीका झापा समन्वय समितिका संयोजक राजु आचार्य अग्नी लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
सो अवसरमा पार्टीको जनयुद्ध लगायत विभिन्न आन्दोनलका कालखण्डमा सहयोग पुर्याउनु हुने दर्जनौंलाई प्रमाणपत्र प्रदान गरेर सम्मान गरिएको थियो ।
हालै स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा अखिल क्रान्तिकारीका तर्फबाट बिजयी विद्यार्थी नेताहरुलाई समेत सो अवसरमा सम्मान गरिएको थियो ।