२०८३ बैशाख १९ गते , शनिबार

दुर्गा प्रसाईलाई सरकारले लुकाएर राखेको छ : सुदन किराँती

sajilo news
परिवेश मिडिया
२०८१ चैत्र २० गते , बुधबार
दुर्गा प्रसाईलाई सरकारले लुकाएर राखेको छ : सुदन किराँती

बिर्तामोड नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् नागरिक उड्ययन तथा पर्यटन पूर्वमन्त्री सुदन किराँतीले दुर्गा प्रसाईलाई सरकारले लुकाएर राखेको दाबी गरेका छन्

नेकपा माओवादी केन्द्र बुद्धशान्ति गाउँपालिकाको दोस्रो गाउँ अधिवेशनलाई सम्बोधन गर्दै किराँतीले सरकारले नै दुर्गा प्रसाईलाई लुकाएको दाबी गरेका हुन् चार भञ्ज्याङ छिचोलेर हजारौँ सुरक्षाकर्मीको बिचबाट दुर्गा प्रसाई भाग्यो, के दुर्गा प्रसाई जादुगर हो ?उनले प्रश्न गर्दै भने, ‘जादुगर त्यसरी भाग्नु सक्छ ? मलाई लाग्छ सक्दैन त्यसकारण यहि सरकारले दुर्गा प्रसाईलाई लुकाएर राखेको दुर्गा प्रसाईको आन्दोलन होस त्यहाँ केहि वितण्डा थपिदिएर भ्रष्टाचारको अनुहार छोप्न सकियोस भन्ने सरकारले चाहेको उनले बताए

दुर्गा प्रसाईको आन्दोलन बढ्दै गयो भने कथित नवितम् सम्झौता भन्दै हिड्ने सम्झौता गरेर ओली सरकार फेरी माथि जान चाहेको किराँतीले जिकिर गरे इतिहासको चक्कालाई पछाडी फर्काउने दुष्प्रयास भइरहेको त्यो नेपाली जनतालाई सैह्य नहुने बताए

सरकारले गरेको भ्रष्टाचारको विरुद्ध कुलमानलाई नियतबस हटाएर आफु अनुकूलको मान्छे नियुक्ति गर्दा सरकारमाथि देशव्यापी दबाब सिर्जना भइरहेको बेला प्रसाईले सरकारलाई अक्सिजन भरेको किराँतीको धारणा थियो गणतन्त्रमाथि खतरा सिर्जना भएपछि बाँकि कुराहरुलाई थाँती राखेर माओवादी केन्द्र गणतन्त्रको रक्षाका लागि लाग्नु परेको उनले भनाइ राखे व्यवस्था माथि नै खतरा सिर्जना भइसकेपछि सरकारले भ्रष्टाचारी अनुहारमा खोल हाल्न पाएको उनले जिकिर गरे

 

सम्बन्धित समाचार