२०८३ बैशाख १९ गते , शनिबार

प्रेस सेन्टर नेपालको अध्यक्षमा कमल गिरी निर्वाचित

sajilo news
परिवेश मिडिया
२०८१ चैत्र १८ गते , सोमबार
प्रेस सेन्टर नेपालको अध्यक्षमा कमल गिरी निर्वाचित

काठमाण्डौ । प्रेस सेन्टर नेपालको अध्यक्षमा कमल गिरी निर्वाचित भएका छन्। चैत्र १६ र १७ गते काठमाडौँमा सम्पन्न पाँचौं राष्ट्रिय महाधिवेशनबाट गिरी अध्यक्षमा निर्वाचित भएका हुन् । गिरीले निकटतम प्रतिद्वन्दी दिपेन्द्र रावललाई पराजित गरेका हुन् ।
वरिष्ठ उपाध्यक्षमा सुरेशचन्द्र अधिकारी निर्वाचन भएका छन् । उनले सुदीप बर्देवालाई पराजित गरे ।
उपाध्यक्षहरु विवेक गौतम, लक्ष्मण खड्का र रामसिंह ठगुन्ना निर्विरोध चयन भएका छन् । समावेशी उपाध्यक्षमा दीपक श्रेष्ठ (जलन), उपाध्यक्ष (महिला) शान्ता अधिकारी सर्वसम्मत चयन भएका छन् ।
महासचिवमा मनोज घर्तीमगर निर्वाचित भएका छन् । उनले दीपेन्द्र शर्मालाई पराजित गरेका हुन् ।
उपमहासचिवमा ज्ञानप्रसाद पौडेल निर्वाचित भएका छन् । उपमहासचिव (महिला)मा लक्ष्मी आचार्य निर्विरोध चयन भइन् । उपमहासचिव दलितमा हर्कबहादुर बिक (हरिस), उपमहासचिव (मधेसी)मा अनिल मिश्र, उपमहासचिव आदिवासी जनजातिमा बुद्ध लोप्चन निर्विरोध चयन भएका छन्।
सचिवमा प्रदेश नम्बर १ बाट दिपेन्द्र कुमार राई (दिपिन) निर्वाचित भएका छन्। त्यस्तै मधेसबाट सुनिता बराल, बागमतीबाट मिनकुमार बराल, गण्डकीबाट दीपक भट्टराई, लुम्बिनीबाट मानसिंह बिक, सुदूरपश्चिमबाट राजेन्द्रकुमार अवस्थी, उपत्यका प्रदेशबाट नवराज दाहाल (छविलाल), प्रतिष्ठानबाट केशव भुल, एसोसिएटबाट नन्दलाल तिवारी निर्विरोध चयन भएका छन्।
कोषाध्यक्ष पदमा बसन्त गिरी निर्वाचित भएका छन्।
सदस्यहरूमा एक नम्बर प्रदेशबाट राजु पाठक, अर्जुन आचार्य, गजेन्द्र राई र राम योङहाङ निर्विरोध चयन भएका छन् ।  

सम्बन्धित समाचार