२०८३ बैशाख २१ गते , सोमबार

इलामका विनोद राईले जिते भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि

sajilo news
परिवेश मिडिया
२०८० पौष २८ गते , शनिबार
इलामका विनोद राईले जिते भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि

बिर्तामोड इलामका विनोद राईले भ्वाइस अफ नेपाल सिजन को उपाधि जितेका छन् शुक्रबार राती ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजित ग्राण्ड फिनालेमा राईले उपाधि जितेका हुन्

बिजेता राईले कोच मिलन नेवार समूहको प्रतिनिधित्व गर्छन् प्रतियोगितामा मकरबहादुर योन्जन फस्ट रनरअप, कुमार प्रयास राई सेकेण्ड रनरअप नोगेन लिम्बु थर्ड रनरअप घोषित भए

उपाधिका लागि चार फाइनलिस्टबीच कडा प्रतिस्पर्धा भएको थियो दर्शकको सर्वाधिक भोटको आधारमा बिनोदले उपाधि जितेका हुन् जितसँगै उनले २० लाख नगदसहितका पुरस्कार प्राप्त गरेका छन्

हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुषाल लगायतका अतिथिले विजेतालाई पुरस्कार प्रदान गरे

तीन हजार दर्शक अटाउने गोदावरीको खचाखच सनराइज हलमा तीन घण्टा लामो ग्राण्ड फिनाले चलेको थियो फिनालेमा कोच मिलन नेवार, उदय सोताङ, प्रमोद खरेल राजेशपायल राईले आफ्नो टीमका फाइनलिस्टसँगै प्रस्तुति दिए

भ्वाइसको पाँचौ सिजनका अन्तिम १२ का प्रतिस्पर्धीसहित हिमालय लोकस्टारका जजले पनि सांगीतिक प्रस्तुति दिए कोच फाइनलिस्टले प्रस्तुति दिँदा फिनालेको माहोल रोमाञ्चक बनेको थियो

चर्चित लोक तथा दोहोरी गायक राजु परियार बद्री पँगेनीले पनि प्रस्तुति दिए भ्वाइसको पहिलो सिजनका विजेता सीडी विजय अधिकारीले आफ्नो हिट गीतदूरी मजबूरी गाएर दर्शकलाई जुरुक जुरुक पारे

ग्राण्ड फिनालेको प्रत्यक्ष प्रसारण हिमालय टिभी एचडी भ्वाइस अफ नेपालको युट्युव च्यानलबाट गरिएको थियो

सम्बन्धित समाचार