२०८३ बैशाख २० गते , आईतबार

भारतीय प्रधानमन्त्री मोदी अतिक्रमित नेपाली भूमि कालापानीमा, नेपालीलाई प्रवेश रोक

sajilo news
परिवेश मिडिया
२०८० आश्विन २५ गते , विहीबार
भारतीय प्रधानमन्त्री मोदी अतिक्रमित नेपाली भूमि कालापानीमा, नेपालीलाई प्रवेश रोक

झापा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार बिहानै कालापानी क्षेत्रको भ्रमणका लागि पुगेका छन् हेलिकप्टरबाट साढे बजे उनी भारतद्वारा अतिक्रमित नेपाली भूमि कुटीस्थित जोलिङ्काङ पुगेका हुन्

मोदीले जोलिङ्काङमा पूजापाठ कैलाश पर्वतको दूरदर्शन गर्ने जनाइएको कैलाश दर्शनपछि त्यहाँबाट नेपाली अतिक्रमित भूमि गुञ्जीमा स्थानीयसित छलफल गर्ने बुझिएको नेपाली अतिक्रमित भूमि कुटी, नावी, गुञ्जी गाउँ भारतीय रोङकाङ, नपलच्यू, गब्र्याङ गाउँका स्थानीयबासीसँग सामान्य छलफल गर्ने कार्यक्रम रहेको जनाइएको

मोदीले कालापानी क्षेत्रमा तैनाथ भारतीय सेना, इन्डोतिब्बत बोर्डर पुलिस, सशस्त्र सीमा बल सुरक्षा अधिकारीसँग पनि भेटघाट तथा छलफल गर्नेछन् मध्याह्न १२ बजे मोदी अल्मोडा जिल्लामा पर्ने जागेश्वर धामको दर्शन पूजापाठ गर्न जाने कार्यक्रम रहेको बुझिएको प्रधानमन्त्री मोदीसँग उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्करसिंह धामी पनि कालापानी क्षेत्र पुगेका छन्

यता अतिक्रमित सीमा क्षेत्रमा भारतीय प्रधानमन्त्रीको भ्रमणको बारेमा नेपाललाई कुनै औपचारिक जानकारी नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीका अनुसार अनौपचारिक जानकारी अनुसार अतिक्रमित क्षेत्रमा भारतीय प्रधानमन्त्री भ्रमणमा पुगेको जानकारी लिएको त्यसबाहेक अन्य कुनै जानकारी नआएको बताए प्रधानमन्त्री मोदीको भ्रमण हुने ठाउँहरुमा नेपालीलाई प्रवेशमा रोक लगाइएको

 

 

सम्बन्धित समाचार