२०८३ बैशाख १९ गते , शनिबार

हरिकुमार रानाले स्वागत नेपालको माइक खोसेको होइन : आयोजक

sajilo news
परिवेश मिडिया
२०७९ कार्तिक २३ गते , बुधबार
हरिकुमार रानाले स्वागत नेपालको माइक खोसेको होइन : आयोजक

बिर्तामोड गत सोमबार झापाको अर्जुनधारा स्थित माता मन्दिर युवा क्लबले आयोजना गरेको क्षेत्र नम्बर का उम्मेदवारहरुसँग अन्तरक्रिया कार्यक्रममा भएको घटनाको बिषयमा आयोजकले स्पष्ट पारेको आयोजक माता मन्दिर युवा क्लबले बुधबार एक विज्ञप्ती जारी गरी घटनाको सम्बन्धमा स्पष्ट पारेको हो

अन्तरक्रिया कार्यक्रममा स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाल (स्वागत) ले बोल्दाबोल्दै गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरिकुमार रानाले माइक खोसेको भन्दै प्रचारबाजी भएपछि आयोजकले विज्ञप्ती जारी गरी घटनाको सम्बन्धमा स्पष्ट पारेको हो

कार्यक्रममा स्वतन्त्र उम्मेदवार नेपालले लामो समय लिएपछि आयोजकले पटक पटक आफ्नो भनाई छोट्याउन आग्रह गरेको विज्ञप्तीमा उल्लेख सो दिन आयोजना गरिएको कार्यक्रममा स्वतन्त्र उम्मेदवार स्वागत नेपालले बोलने क्रममा लामो समय लिएपछि आयोजक संस्थाको तर्फबाट पटक पटक छोटो गर्न भनेपनि वहाँले मान्नु भएन सो कार्यक्रममा सहभागी लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार हरिकुमार रानालाई बोल्ने समय कम भएपछि सहभागीहरुले नै स्वागत नेपाललाइ बोल्ने समय छोट्याउन आग्रह गरेका थिए, विज्ञप्तीमा उल्लेख

हरिकुमार रानाले माइक खोसेको हातपात गरेको भनेर बाहिर समाचारमा आएजस्तो नभएको अध्यक्ष रोशन भेट्वालद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख बरु नेपाल पक्षकै मानिसले होहल्ला नाराबाजी गरेको आयोजकले जनाएको साथै उक्त कार्यक्रम सिके चिन्तन प्रतिष्ठानले आयोजना गरेको नभई आफूहरुले गरेको क्लबले जनाएको आयोजकले समाचार आयोजक संस्थासँग बुझेरमात्र सम्प्रेषण गर्नसमेत आग्रह गरेको  

सिके प्रतिष्ठानको नाम जोडिएकोप्रति ध्यानाकर्षण

यता विर्तामोडमा भएकोउम्मेद्वारसँगको अन्तरक्रिया कार्यक्रम को आयोजकमा सिके चिन्तन प्रतिष्ठानको नाम जोडिएकोप्रति प्रतिष्ठानले गम्भीर ध्यानाकर्षण भएको जनाएको

प्रतिष्ठानका अध्यक्ष टिकाप्रसाद प्रसाईले आज एक प्रेस विज्ञप्ति जारी गर्दै  प्रतिष्ठानलाई आधिकारिक रुपमा जानकारी नै नदिइ नेतृत्वको अनुमति नलिई कार्यक्रम गरिएको उक्त अमर्यादित कार्यप्रति  दुःख ब्यक्त गरेका छन्

प्रतिष्ठानको रेखदेख गर्दै आएका ब्यक्तिले प्रतिष्ठानका पदाधिकारी÷सदस्यलाई जानकारी नै नदिई उक्त कार्यक्रम गरिएकोप्रति दुःख ब्यक्त गर्दै सम्बन्धित ब्यक्तिलाई सचेत गराउँदै जिम्मेवारीबाट हटाइएको समेत प्रतिष्ठानले विज्ञप्ती प्रकाशित गरी जानकारी गराएको

सम्बन्धित समाचार