२०८३ बैशाख १९ गते , शनिबार

मेचीनगर हेल्दुबारीका स्थानीय गठबन्धनको भरोसामा

sajilo news
परिवेश मिडिया
२०७९ कार्तिक २३ गते , बुधबार
मेचीनगर हेल्दुबारीका स्थानीय गठबन्धनको भरोसामा

मेचीनगर मेचीनगर१५ को हेल्दुबारीका स्थानीयले उम्मेद्वारसँग स्वास्थ्य चौकी स्थापनाको माग गरेका छन्
बुधबार घरदैलो अभियानका क्रममा त्यहाँ पुगेका लोकतान्त्रिक बाम गठबन्धनका प्रदेशका उम्मेद्वार गोपाल तामाङसमक्ष स्थानीयले स्वास्थ्य चौकी स्थापनाका लागि पहल गरिदिन आग्रह गरेका हुन् मेचीनगरको हेल्दुबारी विकासमा पछि परेको ,’ स्थानीय वृखलाल राजवंशीले भने, ‘यसका लागि गठबन्धनका उम्मेद्वारसँग समस्या राखेका छौँ, उहाँले पहल गरिदिने वाचा हामीसँग गर्नु भएको उनले विगतमा जितेर गएका उम्मेद्वार फर्केर नआएकाले यसपाली गठबन्धनलाई भोट दिएर जिताउने बताए
स्थानीयका मागलाई आफूले गम्भीर रुपमा लिएको बताउँदै प्रदेशका उम्मेद्वार तामाङले जितेर गएपछि यस क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर योजना बनाउने बताए साविक ज्यामिगरगढी गाविस हाल मेचीनगर१५ वडाको विकासको खाका बनाएर तत्कालै स्वास्थ्य, शिक्षा, रोजगारीसँगै सुकुम्बासी समुदायको उत्थानका लागि कार्यक्रम ल्याइने उनले बताए
घरदैलो अभियानका क्रममा उम्मेद्वार तामाङले निलकोठी, लालझोडा, खवास गाउँ, गाइनबारी, रघुविरबारीका मतदाताको गुनासो सुनेका थिए अभियानमा काँग्रेस नेता ताराविर कटुवाल, दुर्गा खतिवडा लगायतका गठबन्धनका नेता तथा कार्यकर्ताले साथ दिएका थिए
यस्तै, मेचीनगर१० धुलाबारी क्षेत्रमा बुधबार नै प्रदेशका उम्मेद्वार गोपाल तामाङले मतदातासँग प्रत्यक्ष भेटघाट गरेका छन् भेटका क्रममा मतदाताले उम्मेद्वार तामाङसँग भरोसा गरेको बताएका छन् मेचीनगर१० को निन्दा बस्ती, धुलाबारी बजार, टिकापुर लगायतका क्षेत्रमा नेताहरु विना तामाङ, चन्द्र तिवारीले गठबन्धनका उम्मेद्वारलाई जिताउन घरदैलो गरेका हुन्
यस्तै, झापा क्षेत्र नं। का प्रतिनिधि सभाका उम्मेद्वार विश्वप्रकाश शर्मा प्रदेशका उम्मेद्वार श्यामविर लिम्बूले भद्रपुर१०, मेचीनगर१४, मेचीनगर१०, मेचीनगर, मेचीनगर११ का मतदातासँग भेटघाट गरेका छन् भद्रपुर१० मा उम्मेद्वारसँगै नेपाली काँग्रेसका पूर्व जिल्ला उपसभापति राम कट्टेल, मीरा अधिकारी, ज्ञानु चौहान, विष्णु काफ्ले, नरेश सन्जेल, भरतसिंह राजवंशीले मतदातासँग भेटघाट गरेका हुन्
त्यस क्रममा मतदाताले विश्वप्रकाश शर्मा जस्ता आशालाग्दा युवालाई जिताएरै छाड्ने बताए स्थानीयले परिवर्तनको पक्षमा संघर्ष गरेका लिम्बूसहितको गठबन्धन दलका उम्मेद्वालाई साथ दिने वचन दिएका छन्

 

सम्बन्धित समाचार