२०८३ बैशाख १९ गते , शनिबार

गठबन्धनले उम्मेदवार चोरेको ओलीको भनाई

sajilo news
परिवेश मिडिया
२०७९ कार्तिक २२ गते , मंगलबार
गठबन्धनले उम्मेदवार चोरेको ओलीको भनाई

बिर्तामोड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनले एमालेबाट उम्मेदवार चोरेर लगेको बताएका छन् मंगलबार झापाको सालबारीस्थित शहीद सुखानी पार्कमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले झापा क्षेत्र नम्बर मा गठनबन्धनले एमालेबाट लगेर उम्मेदवार बनाएको टिप्पणी गरेका हुन्

ओलीले भने–‘अरुसँग उम्मेदवार नै छैन, हाम्रो पार्टीबाट तानेर लगेर उम्मेदवार बनाएको व्यक्ति देवराज घिमिरेका साधारण कार्यकर्ता हुन्

ओलीले स्वतन्त्रका नाममा वा विभिन्न हाउभाउ गरेर आएपनि भ्रममा नपर्न आग्रह गरे कोही शंख फुक्दै , कोही घण्ट बजाउँदै आएका छन्,’ उनले भने, ‘कपाल पालेर आउन पाइन्छ, लट्टा पालेर आउन पाइन्छ, मुन्द्रा टप लगाएर आउन पाइन्छ ओलीले लोकतन्त्रको सुन्दर पक्ष यहि रहेको बताए

अध्यक्ष ओलीले उम्मेदवार हुनु एउटा कुरा हो, तर रहर लाग्दैमा सांसद हुन नसकिने बताए उनले एमाले उम्मेदवारलाई विजयी बनाउन आग्रह गरे

२०४८ सालमा नेकपा एमालेको जिल्ला सदस्य बनेर तीन दशकसम्म पार्टीमा काम गरेका राना पटक शनिश्चरे गाविस अध्यक्ष बनेका थिए भने पछिल्लो समय अर्जुनधारा नगरपालिकाका प्रमुख भएर काम गरेका थिए नेकपा एमाले गन्तव्यहीन बा फाउण्डेशनको रुपमा परिणत हुँदै गएको भन्दै उनले पार्टी परित्याग गरेर गठबन्धनमा आवद्ध भएका थिए यतिबेला राना गोलाकारभित्रको हँसिया हथौडा चुनाव चिन्ह लिएर झापा क्षेत्र नम्बर बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारको रुपमा चुनावी मैदानमा छन्          

सम्बन्धित समाचार