२०८३ बैशाख १९ गते , शनिबार

को हुन् झापा क्षेत्र नम्बर २ (१) का उम्मेदवार पुष्प पोखरेल ?

sajilo news
परिवेश मिडिया
२०७९ कार्तिक २२ गते , मंगलबार
को हुन् झापा क्षेत्र नम्बर २ (१) का उम्मेदवार पुष्प पोखरेल ?

शालिन, तार्किक अध्ययनशिल जुझारु वामपन्थी नेताको रुपमा परिचित नाम हो पुष्पराज  पोखरेल पोखरेल जननिर्वाचित मेयर सांसद्समेत बनिसकेका व्यक्तित्व हुन् त्यही परिचयका साथ अगाडि आएका पोखरेल अहिले झापा निर्वाचन क्षेत्र नम्बर () मा लोकतान्त्रिकबाम गठबन्धनको तर्फबाट कलम चुनाव चिन्ह लिएर प्रदेशसभा सदस्यको उम्मेदवार बनेका छन्

यो पुष्प पोखरेलको बिगतको पहिचान हो त्यो भन्दापनि उनी परिचित छन्, झापाली कम्युनिष्ट आन्दोलनमा उनले निर्वाह गरेको सत्कर्मले परिवर्तनका लागि झापा विद्रोह लगायतका कम्युनिष्ट आन्दोलनका लागि उनले  गरेको काम सराहनीय मानिन्छ  

ओखलढुङ्गामा जन्मेका पोखरेल परिवारको साथ २०२८ सालबाट झापा आएर सानै उमेरदेखि राजनितिमा होमिए राजनीति कहिलेकाँहि खुसी भन्दा पनि जबरजस्त बनेर जीवनमा आइ लाग्छ, त्यही जीवनका भोगकर्ता  हुन पुष्प पोखरेल १६ वर्षकै उमेरदेखि राजनीतिमा सकिृय उनी झापाली कम्युनिष्ट आन्दोलनको एउटा उचाइमा छन्

१८/१९ वर्षको उमेरमा पञ्चायती व्यवस्था विरुद्ध कम्युनिष्ट पार्टीमा लागेर झापा विद्रोहमा सहभागि हुनु राजनीतिक लगावको दर्विलो उदाहरण हो पार्टी पद्धति सिद्धान्तमा उनी जति अडिग छन्, विकास निर्माण नागरिकको समस्याको सवालमा उनी त्यति नै केन्द्रित छन्

सानैदेखि पृथक सोँच सकारात्मक धारणा भएका उनी पार्टी पंक्तिमा अध्ययशिल, शालिन बेदाग ब्यक्तित्वका रुपमा स्थापित छन् यो उनको पार्टी पंक्तिभित्रको अर्को परिचय हो

२०३२ सालबाट भूमिगत कोअर्डिनेसन केन्द्रबाट राजनीतिक यात्रा शुरु गरेका उनी २०३५ मा अनेरास्ववियुको पहिलो झापा जिल्ला संयोजक बनेका थिए २०३७ सालमा मेची बहुमुखी क्याम्पस भद्रपुरको स्ववियू सभापति भएका पोखरेल २०४३ सालमा जनपक्षीय जिल्ला उपसभापतिमा निर्वाचित भए स्नातकोत्तरको पढाइ सकेर मेची क्याम्पसमा प्राध्यापन गर्न लाग्दा उनलाई स्वर्गीय द्रोणाचार्य क्षेत्रीले देश परिवर्तनका लागि राजनीतिमा अझ सक्रिय गराए त्यसपछि उनी निरन्तर जनताको पक्षमा उभिएका छन्  

२०४६ सालमा जिल्ला उपसभापतिबाट राजीनामा दिएर पञ्चायत विरुद्ध आन्दोलमा होमिएका उनी त्यो बेला महिना जेल परे २०४९ सालमा भद्रपुर नगरपालिकाको नगरप्रमुखमा निर्वाचित भएका पोखरेलले २०५१ सालको मध्यवधि निर्वाचनमा साविक झापा क्षेत्र नम्बर बाट जनताकोे मन जित्दै सांसद भए

लामो समय नेकपा एमालेको राजनीतिमा होमिएका पोखरेलले पार्टीको केन्द्रिय परिषद सदस्यको जिम्मेवारी पनि वहन गरे तर पछिल्लो समय नेकपा विभाजनपछि उनी नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य रहेका छन्

सम्बन्धित समाचार