२०८३ बैशाख १९ गते , शनिबार

आदिवासी जनजातिको माग पूरा गर्न लागि पर्छु- राना

sajilo news
परिवेश मिडिया
२०७९ कार्तिक १९ गते , शनिबार
आदिवासी जनजातिको माग पूरा गर्न लागि पर्छु- राना

बिर्तामोड । लोकतान्त्रिक बाम-गठबन्धनको तर्फबाट झापा क्षेत्र नं. २ को साझा उम्मेद्वार बनेका हरिकुमार रानाले आदिवासी तथा जनजातीले उठाउँदै आएका मुद्दाहरु पूरा गराउन लागिपर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् । 
उनले बिजयी बनेर सदन पुग्दा दृढका साथ आदिवासी र जनजातीले उठाउँदै आएका पहिचानका मुद्दा लागू गर्न लागि पर्ने प्रतिवद्धता ब्यक्त गरेका हुन् ।
रानाले पहिचानका मुद्दादेखि लिएर आदिवासी जनजातीका सांस्कृतिक, धार्मिक जस्ता मुद्दाहरु पनि सम्बोधन गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । 
नेपाल आदिबासी जनजाती महासंघ झापाको आयोजना तथा फोनिज झापाको सहकार्यमा शनिवार बिर्तामोडमा भएको आदिबासी जनजातीहरुको अधिकार सम्बन्धमा उम्मेद्वारहरुको धारणा अन्तरक्रिया कार्यक्रममा उम्मेद्वार रानाले आदिबासी र जनजातीले उठाउँदै आएका मुद्दाहरु लागू गर्ने प्रतिवद्धता ब्यक्त गरेका हुन् । 
नेपाल आदिबासी जनजाती महासंघ झापाका अध्यक्ष पाण्डपलाल चौधरीको अध्यक्षता तथा इन्द्रबहादुर श्रेष्ठको संयोजकत्वमा भएको अन्तरक्रिया कार्यक्रमको
सहजिकरण संचारकर्मी दिपिन राईले  रहेका थिए । 
अन्तरक्रियामा नेकपा एमालेका तर्फबाट प्रदेशसभा सदस्य पदमा झापा २ (क) बाट उम्मेद्वार बनेका एकराज कार्की र प्रदेश (ख) बाट उम्मेद्वार बनेका चिन्तन पाठकले पनि आ-आफ्नो धारणा राखेका थिए । प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार देबराज घिमिरे भने अनुपस्थित रहेका थिए ।
त्यस्तै कार्यक्रममा लोकतान्त्रिक बाम–गठबन्धनबाट झापा क्षेत्र नं. २ (ख) बाट साझा उम्मेद्वार बनेका खगेन्द्र मैनाली, लोसपाबाट झापा २ प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार त्रिनारायण राजवंशी, प्रदेशसभा सदस्य पदका उम्मेद्वार शिव आचार्य, जसपाबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार रामसुफत कामती, मालेका प्रदेशसभा सदस्य पदका उम्मेद्वार बासुराम पौडेल र दुर्गा दाहाललगायतले आ-आफ्नो भनाई प्रस्तुत गरेका थिए ।सोहि अन्तरक्रिया कार्यक्रमकाबिच किरात यायोख्या झापा अध्यक्ष गणेश राई र केवल राई साथै मेचे शिवियारी आफादले उपस्थित उम्मेद्वारहरुलाई ज्ञापनपत्र समेत बुझाएका थिए ।
अन्तरक्रिया कार्यक्रममा राई, लिम्बु, तामाङ, राजवंशी, धिमाल, सुनवार, चौधरी, धारु, श्रेष्ठ, मेचेलगायतका संघसंस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।   

सम्बन्धित समाचार