२०८३ बैशाख १९ गते , शनिबार

नेकपा एस झापाद्वारा १५०० सदस्यीय चुनाव प्रचारप्रसार समिति गठन

sajilo news
परिवेश मिडिया
२०७९ कार्तिक ६ गते , आईतबार
नेकपा एस झापाद्वारा १५०० सदस्यीय चुनाव प्रचारप्रसार समिति गठन

बिर्तामोड । नेकपा एकीकृत समाजवादी पार्टीको झापा जिल्ला कमिटिको पूर्ण बैठकले गठबन्धनलाई सफल बनाउदै सम्पूर्ण उमेदवारहरुलाई विजयी बनाउन विशेष कार्ययोजना तय गरेर अगाडि बड्ने निर्णय गरेको छ ।
जिल्ला कमिटीका अध्यक्ष बेदराज रेग्मीको अध्यक्षतामा भएको बैठकद्वारा आगामी मङ्सिर ४ गते सम्पन्न हुने निर्वाचनमा सबै कार्यकर्तालाई आ-आफ्नो भूगोलमा सक्रिय भएर खट्न र लोकतान्त्रिक बाम गठबन्धनका उतमेदवारलाई हरतरहले जिताएर प्रतिगामी, जनबिरोधी पक्षलाई पराजित गर्न आग्रह गरेको जिल्ला उपसचिव तीर्थ सिग्देलले जानकारी दिए ।
पार्टीका केन्द्रीय उपाध्यक्ष तथा प्रदेस इन्चार्ज घनेन्द्र बस्नेतको प्रमुख आतिथ्यमा र प्रदेस अध्यक्ष बलदेब चौधरीको विशेष आतिथ्यमा भएको बैठकले पार्टी जिल्ला सचिव बिपी भट्टराईको संयोजकत्वमा १५ सय सदस्य रहेको चुनाव प्रचारप्रसार समिति गठन गरेको छ । समिति सचिवमा तीर्थ सिग्देल रहेका छन् । सो बैठकले केन्द्रीय सदस्य निलमणि बरालको अध्यक्षतामा आर्थिक समिति पनि गठन गरेको छ । बैठकले एक निर्देशक तथा अनुशासन  समितिपनि गठन गरेको छ ।
बैठकलाई केन्द्रीय उपाध्यक्ष बस्नेत, प्रदेस अध्यक्ष चौधरी, केन्द्रीय सदस्य तथा प्रदेस सभाका उमेदवार पुष्पराज पोखरेल , केन्द्रीय सदस्य निलमणि बराल, अशेस घिमिरे, केन्द्रीय सल्लाहकार नारायणसिंह राजबंशी, उपाध्यक्ष प्रत्युस राना, उप सचिव पदम लिम्बू, प्रचार बिभाग प्रमुख तीर्थ सिग्देल, बिर्तामोड नगर कमिटी अध्यक्ष श्रीप्रसाद सिटौला, बुद्धशान्ती नगर कमिटी अध्यक्ष प्रदीप धिमाल लगायतले बोलेका थिए ।

सम्बन्धित समाचार