२०८३ बैशाख १९ गते , शनिबार
गगन पुरीलगायत ९ जना बिरुद्ध परेको रिट खारेज
बिर्तामोड । झापा क्षेत्र नम्बर ५ को 'ख' बाट प्रदेशसभा सदस्य पदको उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका नेता रेवतीराज (गगन) पुरीको उम्मेदवारी खारेजीको माग गर्दै सर्वोच्च अदालतमा परेको रिट खारेज भएको छ । पुरीसँगै नेताहरु विजयकुमार गच्छदार, बिक्रम पाण्डेलगायत ९ जना उम्मेदवारको
उम्मेदवारी खारेजीको माग गर्दै परेको रिट न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले मागदाबी नपुगेको भन्दै खारेज गरिदिएको हो ।
अधिवक्ता अनिल आचार्यले विभिन्न फौजदारी मुद्दाको आरोप लागेका नेताहरु आसन्न चुनावमा उम्मेदवार बनेको भन्दै सर्वाेच्चमा रिट दायर गरेका थिए ।
उनले पुरी, गच्छदार, पाण्डे, प्रभु शाह, गोविन्दराज जोशी, सरिता गिरी, डिबी तामाङ भन्ने युद्धबिक्रम तामाङ, टेकबहादुर गुरुङ र लक्ष्मी महतोको उम्मेदवारी खारेज गराउन माग गरेका थिए ।