२०८३ बैशाख १९ गते , शनिबार

पार्टी विरोधी गतिविधि गरेको भन्दै एमालेद्वारा गिरीलाई कारबाही

sajilo news
परिवेश मिडिया
२०७९ आश्विन २७ गते , विहीबार
पार्टी विरोधी गतिविधि गरेको भन्दै एमालेद्वारा गिरीलाई कारबाही

बिर्तामोड । नेकपा एमालेले पार्टी विरोधी गतिविधि गरेको भन्दै जिल्ला कमिटीका सचिवालय सदस्य डम्बर गिरीलाई कारबाही गरेको छ । विहिबार एक विज्ञप्ति जारी गर्दै एमालेले गिरीलाई साधारण सदस्यसमेत नरहने गरि कारबाही गरेको जनाएको हो ।
हल्दिबारी गाउँपालिकाका निवर्तमान उपाध्यक्षसमेत रहेका गिरीले एमाले-राप्रपा तालमेलको विरुद्धमा झापा क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिएपछि कारबाहीमा परेका हुन । शिर्ष नेताहरुले आफ्नो सिट सुरक्षित गर्न झापा ३ मा पटक पटक एमालेले उम्मेदवार नउठाएर राप्रपालाई समर्थन गरेपछि गिरीले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
एमालेले गिरीसँगै हरिकुमार राना र होमप्रसाद गौतमलाई कारबाही गरिसकेको जनाएको छ । विज्ञप्तिमा पार्टी गतिविधि बिरोधीहरुलाई पहिचान गरि तत्काल कारबाही गर्नेसमेत उल्लेख छ । 

सम्बन्धित समाचार