झापा-४ मा गठबन्धनका उम्मेदवारद्वारा विकासका योजना प्रस्तुत
बिर्तामोड । नेपाली कांग्रेस झापाका सभापति एवम झापा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार देउकुमार थेबेले उत्साहका साथ निर्वाचन कार्यक्रममा लाग्न गठबन्धन दलका सम्पूर्ण कार्यकर्ताहरुलाई अनुरोध गरेका छन ।
झापा क्षेत्र नम्बर-४ को कनकाइमा आयोजित गठबन्धन दलका नेता-कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै उनले क्षेत्रको बिकासका योजना प्रस्तुत गरे ।
समग्र झापा एवम क्षेत्र नम्बर-४ को विकास निर्माणको खाका आफुहरुले बनाइसकेको बताउँदै उनले झापा कनकाइ सुकेडागीहुँदै दानाबारी जोड्ने सडक निर्माण गर्ने , महाभारा-दोमुखा-लारुम्बा सडक निर्माण गर्ने , धार्मिक तथा पर्यटकीय क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटन प्रबर्द्धन गरी पर्यटक भित्र्याउने, झापा, कन्काइ र शिवसतासीमा उद्योग स्थापना गर्न पहल गर्ने, शिवसतासीमा कृषि विद्यालय स्थापना गर्ने, अन्तर्राष्ट्रिय रंगशाला निर्माण गर्ने लगायतका योजना प्रस्तुत गरेका हुन ।
यसैगरी कन्काइ-बिरिङ-कमल बनियानी सन्का खोलालाई ब्यवस्थित तरिकाबाट तटबन्ध गरी जनताको जिउधनको रक्षा गर्ने लगायतका बिकासका योजना उनले सुनाए ।
नेपाली कांग्रेस ४ नम्बर क्षेत्रीय सभापति जयनारायण साहको सभापतित्वमा सप्पन्न कार्यक्रममा
क्षेत्र नम्बर-४ प्रदेश क का प्रत्यासी उम्मेदवार नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा निवर्तमान कृषि मन्त्री झलकसिङ दर्लामी (सन्देश), प्रदेश ख का प्रत्यासी उम्मेदवार नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एकराज उप्रेतीले पनि आ-आफ्नो प्रदेश क्षेत्रको विकासका योजना प्रस्तुत गरेका थिए । कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रिय सल्लाहकार सदस्य नारायणसिङ राजवंशी, भिम राजवंशी, भक्ती सिटौला, किरण भट्टराई, उत्तम चम्लागाइ, रुद्र बजगाइ, महेन्द्र भट्टराई लगायत उपस्थित थिए ।
गठबन्धनमा आवद्ध कार्यकर्ताको भेलाले नेपाली कांग्रेस झापा क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति जयनारायण साहको नेतृत्वमा सबै दलको प्रतिनिधित्वमा ५००१ सदस्यीय निर्वाचन परिचालन एवम प्रचार प्रसार समिति गठन गरेको नेपाली कांग्रेस झापाका सदस्य याम भुजेलले जानकारी दिए ।