२०८३ बैशाख १९ गते , शनिबार

१० प्रदेश सांसदका लागि झापामा १०६ जनाको उम्मेदवारी

sajilo news
परिवेश मिडिया
२०७९ आश्विन २५ गते , मंगलबार
१० प्रदेश सांसदका लागि झापामा १०६ जनाको उम्मेदवारी

बिर्तामोड । झापाको १० प्रदेश निर्वाचन क्षेत्रका लागि १०६ जनाले उम्मेदवारी दिएका छन । ९५ जना पुरुष र ११ जना महिलाले प्रदेश सांसदको लागि उम्मेदवारी दर्ता गराएका हुन ।
क्षेत्र नम्बर १ क मा २ जना महिलासहित ६ जनाले उम्मेदवारी दिएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । नेकपा एमालेको तर्फबाट रबिन कोइराला र गठबन्धनको तर्फबाट गोपाल तामाङ उम्मेदवार रहेका छन । क्षेत्र नम्बर १ बाट नेकपा एमालेको संघीय सांसदको लागि कोइराला एकमात्र उम्मेदवारको रुपमा सिफारिस भएपनि पूर्व महान्यायाधिवक्ता अग्नि खरेललाई पार्टी अध्यक्ष केपी ओलीले स्पेस दिँदा कोइरालाले प्रदेशमा चित्त बुझाउनु पर्यो ।
त्यस्तै क्षेत्र नम्बर १ को ख मा २ महिलासहित १२ जनाले उम्मेदवारी दिएका छन । राप्रपाको तर्फबाट सबिना बजगाई, राप्रपा नेपालको तर्फबाट कल्याण खड्का र गठबन्धन दलको तर्फबाट नेकपा माओवादी केन्द्रका श्यामबिर लिम्बू रहेका छन ।
झापा-२ क मा २ महिलासहित १० जनाको उम्मेदवारी रहेको छ ।  एमालेको तर्फबाट एकराज कार्की र गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका पुष्पराज पोखरेल छन ।
त्यस्तै २ ख १० जना पुरुषको उम्मेदवारी रहेको छ । गठबन्धनको तर्फबाट नेपाली कांग्रेसको तर्फबाट खगेन्द्र मैनाली र एमालेको तर्फबाट तिलचन (चिन्तन) पाठकको उम्मेदवारी परेको छ ।
क्षेत्र नम्बर ३ क मा ८ जनाको उम्मेदवारी परेको छ । एमालेका बसन्तकुमार बानियाँ र गठबन्धन दलको तर्फबाट भूमीप्रसाद राजबंशी उम्मेदवार रहेका छन भने क्षेत्र ख मा ११ जनाले उम्मेदवारी दर्ता गराएका छन । एमालेको तर्फबाट छबिलाल चुडाल र गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका पूर्णप्रसाद राजबंशी रहेका छन ।
क्षेत्र नम्बर ४ को क मा एक महिलासहित १० जना उम्मेदवार छन । गठबन्धनको तर्फबाट निवर्तमान कृषि मन्त्री नेकपा माओवादी केन्द्रका झलकबहादुर मगर (सन्देश) र एमालेका राधाकृष्ण खनाल रहेका छन ।
त्यस्तै ख केन्द्रमा १२ जना पुरुष उम्मेदवार रहेका छन । राप्रपाका भक्तिप्रसाद सिटौला र गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका एकराज उप्रेती रहेका छन ।
त्यस्तै झापा-५ को क मा ३ महिलासहित ११ जना उम्मेदवार छन । गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका जिवनकुमार राई र एमालेको तर्फबाट हिक्मतकुमार कार्की उम्मेदवार छन भने ख केन्द्र मा एक महिलासहित १६ जनाले उम्मेदवारी दिएका छन । गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका रेवतराज पुरी (गगन) र एमालेको तर्फबाट होमबहादुर थापाले उम्मेदवारी दिएका छन । 

सम्बन्धित समाचार