२०८३ बैशाख १९ गते , शनिबार

झापामा कांग्रेस-माओवादीबिच ८०-२० को सहमति

sajilo news
परिवेश मिडिया
२०७९ आश्विन २२ गते , शनिबार
झापामा कांग्रेस-माओवादीबिच ८०-२० को सहमति

बिर्तामोड । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि सत्तारुढ गठबन्धनले सिट भागबन्डा टुङ्ग्याउने काम अन्तिम चरणमा पुर्याएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको गठबन्धन दलको बैठकको निर्णयानुसार झापामा कांग्रेस-माओवादीले ८०-२० सिट पाएका छन ।
स्रोतका अनुसार झापाका ५ संघीय निर्वाचन क्षेत्रमध्ये कांग्रेसले ४ र माओवादीले १ सिट भागबण्डा गरेका हुन । झापा १,३,४ र ५ कांग्रेसले र झापा २ माओवादीले लिने सहमति भएको स्रोतले बताएको छ । यस अघि झापा ५ पनि माओवादीले लिने हल्ला चलेको थियो तर अन्तिममा एउटामात्र सिटमा माओवादीले चित्त बुझाएको हो ।
त्यस्तै जिल्लाका १० वटा प्रदेश निर्वाचन क्षेत्रमध्ये पाँचवटा कांग्रेसलाई, चारवटा माओवादीलाई र एउटा एकीकृत समाजवादी पार्टीलाई दिने सहमति भएको स्रोतले बताएको छ । 

सम्बन्धित समाचार