२०८३ बैशाख १९ गते , शनिबार

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०७९ आश्विन ८ गते , शनिबार
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

बिर्तामोड । झापाको मेचीनगर-१२ पिपलडाँगीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शुक्रबार साँझ भएको दुर्घटनामा परि कनकाई-४ का कृष्णप्रसाद सिग्देल र अर्जुनधारा-१० का बिष्णु थापाको मृत्यु भएको हो ।
मेची राजमार्गमा उत्तरबाट दक्षिण तर्फ आउँदै गरेको प्र.१-०१-०१४ प ३३५० नम्बरको मोटरसाइकल र विपरित दिशाबाट जाँदै गरेको प्र.१-०१-०१४ प २६७८ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा प्र.१-०१-०१४ प ३३५० नम्बरको  मोटरसाइकल चालक कनकाई-४ बस्ने बर्ष ३८ को कृष्णप्रसाद सिग्देलको टाउको, हात र खुट्टामा चोट र सोहि मोटरसाइकलमा पछाडि सवार सोही ठाउँ बस्ने बर्ष ५३ को रामबहादुर अधिकारीको टाउको, हात र खुट्टामा चोट र प्र.१-०१-०१४ प २६७८ नम्बरको मोटरसाइकल चालक अर्जुनधारा-१० बस्ने बर्ष अन्दाजी ४५ को विष्णु थापाको टाउको, हात र खुट्टामा चोट लागि तीनै जना घाईतेलाई उपचारको लागि बीएण्डसी अस्पताल पठाइएकोमा सिग्देल र थापाको राती १:३५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

सम्बन्धित समाचार