२०८३ बैशाख १९ गते , शनिबार

प्रेस काउन्सिलको पत्रकारिता पुरस्कार बितरणप्रति प्रेस सेन्टर असन्तुष्ट

sajilo news
परिवेश मिडिया
२०७९ आश्विन ६ गते , विहीबार
प्रेस काउन्सिलको पत्रकारिता पुरस्कार बितरणप्रति प्रेस सेन्टर असन्तुष्ट

काठमाण्डौ । प्रेस सेन्टर नेपालले प्रेस काउन्सिल नेपालले आयोजना गरेको पुरस्कार वितरणप्रति असन्तुष्टि जनाएको छ ।  काउन्सिलले मापदण्ड मिचेर पुरस्कार वितरण लगायतका गतिविधि गरेकोमा आपत्ति प्रकट गर्दै प्रेस सेन्टर नेपालले उक्त कार्यक्रममा सहभागी नहुन आग्रह समेत गरेको छ । 
संगठनका महासचिव सन्तोष पौडेलले एक विज्ञप्ति जारी गर्दै सक्षम, क्रियाशील र योग्य पत्रकारहरुलाई पुरस्कृत गर्नुको साटो राजनीतिक आग्रह र निकटताका आधारमा पुरस्कारको वितरण गरेर काउन्सिलले आफ्नो विश्वसनीयता गुमाएको उल्लेख गरेका छन् ।

सम्बन्धित समाचार