झापा–२ मा माओवादी केन्द्रका ४ जना उम्मेदवार सिफारिस
बिर्तामोड । आगामी मंसिरमा हुने संघीय संसद निर्वाचनका लागि झापा क्षेत्र नम्बर २ बाट नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का ४ जना उम्मेदवारको नाम सिफारिस भएको छ । केन्द्रको क्षेत्रीय निर्वाचन परिचालन समितिले प्रत्यक्ष तर्फ ३ जना र समानुपातिक तर्फ १ जनाको नाम सिफारिस गरि प्रदेश समितिमा पठाएको हो ।
परिचालन समितिको बिहिबार बसेको बैठकले प्रत्यक्षतर्फ धर्मशिला चापागाईं, राजु आचार्य (अग्नि) र सिपी कडरियाको नाम सिफारिस गरेको २ नम्बर संघीय क्षेत्रीय निर्वाचन परिचालन समितिका प्रमुख सिपी कडरियाले जानकारी दिए । समानुपातिकतर्फ लक्ष्मी न्यौपाने (सरु) को नाम सिफारिस गरेको उनले बताए ।
प्रदेश समितिका पदाधिकारीको बैठकको सर्कुलर र निर्देशन तथा क्षेत्रीय समितिको बैठकको निर्णयानुसार उम्मेदवारको नाम सिफारिस गरिएको पार्टीले जनाएको छ ।
चापागाईं स्वास्थ्य राज्यमन्त्रीसमेत भइसकेकी छिन । अग्नि जिल्ला समन्वय समितिका संयोजक हुन भने कडरिया जिल्ला सह इन्चार्ज हुन ।