माओवादी केन्द्रद्वारा झापामा उम्मेदवार सिफारिस
बिर्तामोड । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि झापाका पाँच वटै क्षेत्रका लागि उम्मेदवार सिफारिस गरेको छ । माओवादी केन्द्रले मंसिर ४ गते हुने निर्वाचनका लागि प्रदेश र प्रतिनिधिसभाका लागि उम्मेदवार सिफारिस गरेको पार्टीका झापा संयोजक राजु आचार्य (अग्नि) ले जानकारी दिए ।
माओवादी केन्द्रले प्रतिनिधिसभाका लागि झापा क्षेत्र नं १ बाट सुरेन्द्रकुमार कार्की (पार्थ), २ बाट राजु आचार्य (अग्नि), ३ बाट पूर्णसिंह राजवंशी र मोहन टुडू ,४ बाट झलकसिं दर्लामी मगर र ५ बाट रंजित तामाङलाई सिफारिस गरेको संयोजक आचार्यले जानकारी दिए ।
त्यस्तै क्षेत्र नं १ प्रदेश ‘क’ बाट राजु दाहाल, माधव अर्याल, अनिता ढकाल, ‘ख’ बाट श्यामवीर लिम्बू, राजन चिमरिया, नरेन्द्र मेचे , क्षेत्र नं २ ‘क’ बाट ज्योतिसिं दर्लामी, कुवेर श्रेष्ठ (अरुण), ‘ख’ बाट प्रेम नेम्बाङ, दिपेश योन्जन, क्षेत्र नं ३ ‘क’ बाट डिल्ली घिमिरे (हिक्मत) ,‘ख’ बाट पूर्णसिंह राजवंशी, मोहन टुडू, मरगुब आलम, क्षेत्र नं ४ ‘क’ बाट झलकसिं दर्लामी, ‘ख’ बाट रुद्र बजगाई, क्षेत्र नं ५ ‘क’ बाट रंजित तामाङ, ‘ख’ बाट वीरेन्द्र बस्नेत, कर्म पुलामी र गगन पुरी सिफारिस भएको आचार्यले जानकारी दिएका छन् ।
समानुपातिक तर्फ क्षेत्र नं ३ बाट शिवकुमार राजभण्डारी, हरि अधिकारी, हरि पौडेल सिफारिस भएका छन् । त्यस्तै प्रदेशबाट भागिरथा अधिकारी, पुकारचन्द्र राजवंशी , नरपति चापागाई , हजरत अली, शर्मिला खाती, काश्मिरा खातुन, कुमारी स्वर्णिका सिंह, सीतादेवी न्यौपाने र लेखनाथ पौडेलको नाम सिफारिस गरिएको उनले बताए ।