२०८३ बैशाख १९ गते , शनिबार
झापा १ मा विश्वप्रकाश तेस्रो पटक भिड्दै
बिर्तामोड । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनका लागि सर्वसम्मत सिफारिस भएका छन । बिहीबार बसेको नेपाली कांग्रेस क्षेत्रीय समितिको बैठकले शर्माको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।
झापा १ मा प्रतिनिधिसभातर्फ शर्मा बाहेक कसैको पनि उम्मेदवारका लागि निवेदन नपरेकाले सर्वसम्मत सिफारिस गर्ने निर्णय भएको क्षेत्रीय सभापति इन्द्र बुढाथोकीले बताए । उनका अनुसार मंसिर ४ मा हुने चुनावका लागि इच्छुकहरूबाट कांग्रेसले आवेदन लिएकोमा शर्माको मात्रै निवेदन परेको हो । शर्मा झापा १ बाट २०७० र २०७४ मा पनि प्रतिनिधि सभाको निर्वाचन लडेका थिए । अघिल्लो निर्वाचनमा शर्मा राम कार्कीसँग पराजित भएका थिए ।