झापामा बन्दको आंशिक प्रभाव
बिर्तामोड । विप्लव नेतृत्वको नेकपासहित चार कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दको झापामा सामान्य प्रभाव परेको छ । ती दलले विभिन्न माग राख्दै आज नेपाल बन्दको घोषणा गरेको हो ।
झापामा बन्दको सामान्य प्रभाव परेको छ । बन्दकर्ताहरुले सडकमा निस्किएर अवरोध नगरेपनि साविकभन्दा आज केही कम मात्रामा सवारी साधन चलेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बसन्त पाठकले बताए । तर शिक्षण संस्थाहरु भने बन्द रहेका छन् । पसल बजार खुल्ला नै छन् । बन्दलाई सफल बनाउन विप्लव माओवादीका कार्यकर्ताहरुले हिजो साँझ बिर्तामोडमा राँके जुलुश प्रदर्शन गरेका थिए । राज्यले तीन बुँदे सहमति गरेर शान्तिपूर्ण राजनीतिमा आएको विप्लव नेकपाका कार्यकर्तालाई सहमति उल्लंघन गर्दै जिल्ला अदालत ललितपुरले पक्राउ पुर्जी जारी गरेपछि नेकपा सहित चार दलले विभिन्न संघर्षको कार्यक्रम घोषणा गरेको छ ।