२०८३ बैशाख १९ गते , शनिबार

चुनाव अघि बाबुरामसँग पार्टी एकता हुँदैन : प्रचण्ड

sajilo news
परिवेश मिडिया
२०७९ भाद्र ३ गते , शुक्रबार
चुनाव अघि बाबुरामसँग पार्टी एकता हुँदैन : प्रचण्ड

गोरखा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाबुराम भट्टराईसँग चुनावअघि पार्टी एकताको सम्भावना नरहेको बताएका छन्

नेपाल जेसिजको क्षेत्र सम्मेलनमा सहभागी हुन शुक्रबार गोरखा आएका प्रचण्डले एउटै चिह्नबाट चुनाव लड्ने सहमति भए पनि चुनावअघि पार्टी एकता नहुने उनले बताए

बाबुराम भट्टराईलाई गोरखा क्षेत्र नम्बर बाट उठाउने हो भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘को कहाँबाट उठ्ने भन्ने बिषय अहिले टुंग्याइएको छैन, तर बाबुराम जी हामी फेरि एकपटक एकै ठाउँमा उभिने भयौं, गोरखाका लागि यो विशेष महत्वको कुरा हो

एकीकृत समाजवादीसँग भने पार्टी समायोजनका लागि समिति बनाउने तयारी भइरहेको उनले जानकारी दिए

सम्बन्धित समाचार