२०८३ बैशाख १९ गते , शनिबार

अनेम संघ झापाको ९औँ जिल्ला सम्मेलन भदौ ४ र ५ गते हुने

sajilo news
परिवेश मिडिया
२०७९ भाद्र ३ गते , शुक्रबार
अनेम संघ झापाको ९औँ जिल्ला सम्मेलन भदौ ४ र ५ गते हुने

बिर्तामोड नेकपा एमालेको जनबर्गीय संगठन अखिल नेपाल महिला संघ झापाको नवौं जिल्ला सम्मेलन भदौ गते हुने भएको बिर्तामोडस्थित हिमाल सागर पार्टी प्यालेसमा गर्ने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको

सम्मेलनबारे अनेम संघद्वारा आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्मेलनको उद्घाटन गर्ने बताइएको  

सम्मेलनले संगठन पार्टी एकजुट भन्ने सन्देश बोकेर आगामी मंसिर गते हुने प्रदेश संघको निर्वाचनमा पार्टीले उठाएका उम्मेदवारलाई विजय गराउने उद्धेश्यका साथ सम्मेलन सम्पन्न हुने अनेम संघ झापाकी अध्यक्ष जसमाया गजमेरले जानकारी दिइन्

अनेम संघकी केन्द्रीय सचिव मेनुका काफ्लेले निर्वाचनको घोषणा भइसकेको अवस्थामा हुन लागेको सम्मेलनलाई शक्ति प्रदर्शनका रुपमा समेत लिइएको बताइन् १० औं सम्मेलनमा पुग्दा ५० हजार सदस्य बनाउने लक्ष्य राखेको अनेम संघको झापा जिल्ला सम्मेलनमा हजार बढी महिलाको उपस्थिति रहने बताइएको

आठ वर्ष आठ महिनापछि नवौँ सम्मेलन हुन लागेको हो अनेम संघ झापामा हाल २१ हजार सदस्य रहेको अध्यक्ष गजमेरले बताइन्

सम्मेलन सम्पन्न गर्नका लागि आवश्यक पूर्वतयारी, सांगठानिक प्रतिवेदन, राजनीतिक प्रतिवेदन लगायतका सबै काम पूरा भएको अनेम संघ झापाकी सचिव चन्द्रा श्रेष्ठले जानकारी दिइन्

सम्मेलनमा नगरपालिका÷गाउँपालिका, प्रदेश, क्षेत्र लगायत विभिन्न क्षेत्रबाटसहित गरी ४०१ जना प्रतिनिधि रहने सम्मेलनले १५१ सदस्यीय नयाँ नेतृत्व चयन गर्ने बताइएको सम्मेलनले सहमतिकै आधारमा आगामी नेतृत्व चयन गर्ने तयारी गरेको बुझिएको

पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य काफ्ले, झापा क्षेत्र नं. की सांसद पवित्रा निरौला खरेल, अनेम संघका केन्द्रीय सदस्यहरु सुमित्रा भण्डारी, लिला कट्टेल, शान्ता रोक्का, टिका बस्नेत, पवित्रा पाठक, पवित्रा महतारा प्रसाई, प्रचार संयोजक भीमा शिवाकोटी लगायत अनेम संघका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो

सम्बन्धित समाचार