२०८३ असार १४ गते , आईतबार
११ बजेदेखि राहदानी अनलाइन आवेदन खुल्ने
काठमाण्डौ । राहादानी विभागले राहदानी अनलाइन आवेदन विहान ११ बजेदेखि दिन मिल्ने व्यवस्था गरेको छ। याे व्यवस्था मंगलबारदेखि लागू हुने विभागले जनाएकाे छ।
सोमबार विभागले एक सूचना जारी गर्दै अनलाइन आवेदन ११ बजेदेखि खुल्ने जानकारी गराएकाे हाे
यसअघि विभागले दिउँसो साढे ४ बजेपछि मात्र राहदानीको अनलाइन फारम भर्न पाउने व्यवस्था गरेको थियो।