२०८३ बैशाख १८ गते , शुक्रबार
बैङ्किङ्ग कसुर मुद्धाको फरार प्रतिवादी पक्राउ
बिर्तामोड । प्रहरीले बैङ्किङ्ग कसुर मुद्धामा फरार रहेकी महिलालाई गरेको छ । धरान उममहनगरपालिका–७ की ५० सुनिला याखालाई पक्राउ गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
याखालाइ गाउँघरमा लुकिछिपी बसेको अबस्थामा शनिबार पक्राउ गरेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता नविनराज राईले जानकारी दिए । बैङ्किङ्ग कसुर मुद्धामा सम्मानित उच्च अदालत बिराटनगरको मिति २०७८ बैशाख १६ गतेको फैसला आदेशले १ बर्ष ६ महिना कैद र नगद ५ लाख ८ हजार ३ सय ३८ रुपैया ३३ पैसा जरिवाना भएता पनि हालसम्म फरार रहेकी याखालाई पक्राउ गरी आज सम्मानित सुनसरी जिल्ला अदालमा दाखिला गराई कारागार चलान गरेको उनले बताए ।