२०८३ बैशाख १७ गते , विहीबार
विद्यार्थी बलात्कार आरोपमा शिक्षक पक्राउ
बिर्तामोड । विद्यार्थीलाई बलात्कार गरेको आरोपमा झापा अर्जुनधारा ९ बस्ने जितेन बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । बस्नेतले पिडित बालिकालाई कात्तिक २ गते शनिश्चरे ८ स्थित एक होटलमा बलात्कार गरेको उजुरीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पिडितका आफन्तले कात्तिक १० गते इलाका प्रहरी कार्यालय अनारमनीमा उजुरी दिएको र सोहि दिन बस्नेतलाई पक्राउ गरि कानुनी कारबाहीका लागि इप्रका अनारमनीमा राखिएको कार्यालय प्रमुख सन्तोष आचार्यले जानकारी दिए । बस्नेत बिर्तामोड ५ स्थित न्यूटन्स एजुकेशन एकेडेमीका शिक्षक रहेको र सोहि विद्यालयमा अध्ययनरत छात्रालाई बलात्कार गरेको बताइएको छ ।