२०८३ बैशाख १७ गते , विहीबार

यस बर्षको दशैँको टीकाको साइत १०ः०२ बजे

sajilo news
परिवेश मिडिया
२०७८ आश्विन ९ गते , शनिबार
यस बर्षको दशैँको टीकाको साइत १०ः०२ बजे

काठमाडौँ  नेपाल पञ्चाङ्ग निर्णायक समितिले बडादसैँको टीकाको साइत सार्वजनिक गरेको समितिले असोज २९ गते शुक्रबार विजय दशमी पर्वको दिन बिहान १० बजेर मिनेटमा टीकाको साइत परेको जानकारी दिएको हो

समितिका अनुसार टीका लगाउने मानिस पूर्व फर्कनुपर्नेछ भने टीका लगाइमाग्ने मानिस पश्चिम फर्किनुपर्नेछ त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिन्छ

यसैगरी, समितिले यस वर्षको बडादसैँका विभिन्न साइत सार्वजनिक गर्दै असोज २१ गते बिहीबार बिहान ११ः४६ बजे घटस्थापनाको साइत रहेको जानकारी दिएको घटस्थापनाका दिन चित्रा नक्षत्र वैधृति योग परेकाले ११ः४६ बजेअघि चित्रा नक्षत्र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्छ

असोज २२ गते शुक्रबार झन्डा फेर्ने साइत ११ः५६ बजे रहेको पश्चिम फर्केर झन्डा फेर्नुपर्ने छ। असोज २५ गते सोमबार पचली भैरव यात्रा गरिन्छ असोज २६ गते मंगलबार फूलपाती परेको फूलपाती बेलुकीको समयमा गरिने यसको साइत आवश्यक नपर्ने समितिले जनाएको

फूलपातीकै दिन तुलजा भवानीलाई मूल मन्दिरबाट हनुमानढोकाको मूल चोकमा यात्रा गराइन्छ मूलचोकमै भवानीलाई साक्षी राखेर महाअष्टमीका दिन राति कालरात्रि पूजासहित राज्यकोतर्फबाट बोका राँगाको बलि दिइन्छ

तुलजा भवानी यात्राको साइत बिहान ७ः११ बजे रहेको तुलजा भवानीलाई बिहान ८ः४४ बजे स्थिरासन गराइन्छ असोज २७ गते बुधबार महाअष्टमी, त्यसै राति कालरात्रिको पूजा गर्नुपर्ने समितिले जनाएको

असोज २८ गते बिहीबार महानवमी पर्व मनाइन्छ घटस्थापनाका दिनदेखि पूजा आराधना गरिने देवीलाई बिहान ८ः१९ बजे विसर्जन गरिने साइत विजया दशमीका दिन बिहान ७ः०१ बजे तुलजा भवानीलाई मूल चोकबाट मूल मन्दिरमा फिर्ती यात्रा गराइने साइत

तुलजा भवानीलाई बिहान ८ः३२ बजे स्थिरासन गराइने साइत पनि समितिले निकालेको खड्गयात्रा पनि यसै दिन गरिनेछ आश्विन शुक्ल पूर्णिमाका दिन कात्तिक गते सबै वलि पूर्ति गरिन्छ त्यसै रात कोजाग्रत पूर्णिमा पर्व मनाइन्छ


सम्बन्धित समाचार