२०८३ कार्तिक २६ गते , विहीबार
झापामा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु
बिर्तामोड । झापाको कन्काईमा ट्रकको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई १ बस्ने बर्ष ६० का गजेन्द्रबहादुर कार्की रहेका छन् ।
आज दिउँसो ४ः१५ बजे कन्काई नगरपालिका वडा नं ३ सुरुङ्गा पुलस्थित पूर्व पश्चिम राजमार्गमा सुरुङ्गाबाट बिर्तामोडतर्फ आउँदै गरेको बा प्र०३–००१ ख ५५५० नं. को ट्रकले साइकलयात्री कार्कीलाई ठक्कर दिएको थियो । उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि ट्रक चालक धादिङ थाक्रे गाउँपालिका वडा नं. ८ बस्ने बर्ष ३९ का लक्ष्मण थापा र ट्रकलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।