२०८३ कार्तिक २६ गते , विहीबार
झापामा ६६ हजार परिवारद्वारा धनिपूर्जा माग
बिर्तामोड । झापामा ६६ हजार परिवारले जग्गा धनिपूर्जाका लागि आवेदन दिएका छन् ।
जिल्ला प्रशासन कार्यालय झापाका अनुसार भूमिहीन दलिततर्फ २८९६ परिवार, भूमिहीन सुकुम्बासीतर्फ १५७८३ परिवार र अव्यवस्थित बसोबासीतर्फ ४१८५१ परिवारले जग्गा धनिपूर्जाका निमित्त आवेदन दिएका हुन ।
त्यस्तै अघिल्ला आयोगहरूबाट ऊर्जा वितरण गर्न बाँकी परिवारको संख्या ५२९६ जना रहेको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी दिए ।
प्रजिअ पोखरेलका अनुसार राजस्वको दर परिमार्जन भई आवास प्रयोजनको हकमा न्यूनतम मूल्याङ्कनको १२ प्रतिशत र कृषि प्रयोजनतर्फ ७ प्रतिशत कायम भएको छ ।
भूमि समस्या समाधान समिति झापाले गृहकार्य तीव्र रुपमा गरिरहेको र समितिमा रहेका कर्मचारी तथा पदाधिकारीहरू कार्यसम्पादनमा व्यस्त रहेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।