२०८३ कार्तिक २६ गते , विहीबार
२७६ झापालीले त्यागे नेपाली नागरिकता
बिर्तामोड । झापाका २७६ जनाले नेपाली नागरिकता त्यागेका छन् । १६७ जना पुरुष र १०९ जना झापाली महिलाले नेपाली नागरिकता त्यागेका हुन् ।
विक्रम सम्वत २०७८ सालदेखि २०८३ कार्तिक १२ गतेसम्म उक्त सङ्ख्याका झापालीले नेपाली नागरिकता त्यागेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार सबैभन्दा बढी २०८१ सालमा ७९ जनाले नागरिकता त्याग गरेका छन् ।
त्यस्तै २४६ जना गैर आवासीय नेपालीले नागरिकता लिएका छन् । १६२ जनकपुररुष र ८४ जना गैर आवासीय नेपाली महिलाले नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।