२०८३ कार्तिक २६ गते , विहीबार

गाउँ फर्केर सम्मान कार्यक्रम नराख्न सभापति थापाको निर्देशन

sajilo news
परिवेश मिडिया
२०८३ कार्तिक १२ गते , विहीबार
गाउँ फर्केर सम्मान कार्यक्रम नराख्न सभापति थापाको निर्देशन

झापा । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका चाडपर्व तथा शुभकामना आदानप्रदानका कार्यक्रमलाई समुदायसँग जोड्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन्।
नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथपछि सम्बोधन गर्दै पार्टीका विभिन्न कमिटीले आयोजना गर्ने सम्मान तथा शुभकामना आदानप्रदानका कार्यक्रमलाई व्यवस्थित र समुदायमुखी बनाउनुपर्नेमा जोड दिए।
उनले भने, ‘अब यहाँ आज हामीले कार्यक्रम गर्‍यौँ, सकियो। अब फेरि यहाँबाट फर्केर गइसकेपछि टोलमा सम्मान, वडामा सम्मान, क्षेत्रमा सम्मान, गाउँमा सम्मान यो बन्द गरौँ। एकैपटक बस्यौँ, यो जिम्मेवारी लियौँ, सकियो अब।’
पार्टीका नेता तथा कार्यकर्ताहरू विभिन्न स्थानमा पुगेर बारम्बार सम्मान ग्रहण गर्ने र औपचारिक कार्यक्रममा सहभागी हुने परम्परालाई अन्त्य गर्नुपर्ने बताए।
उनले थपे, ‘हामी सबैले सबैलाई शुभकामना दिएकै छौँ। हाम्रो शुभकामना आदानप्रदानको कार्यक्रम पनि कुनै पनि पार्टी कमिटीले गर्छ भने त्यो कार्यक्रम समुदायसँग जोडिनुपर्छ।’
चाडपर्वका नाममा औपचारिक कार्यक्रम गरेर भाषण गर्ने र शुभकामना आदानप्रदानमा मात्र सीमित हुने अभ्यास नगर्न निर्देशन दिए।
‘यो पटकका हाम्रा तिहारका कार्यक्रम, छठका कार्यक्रम र शुभकामना कार्यक्रम पार्टीको कुनै पनि तहले अब शुभकामना आदानप्रदान राख्ने, हामीहरू त्यहाँ जाने, फेरि कार्यक्रममा गएर बस्ने, लामबद्ध भाषण गर्ने यो सबै कार्यक्रमलाई हामी बदल्छौँ’ उनले भने।

सम्बन्धित समाचार