२०८३ कार्तिक ४ गते , बुधबार
हात्तीको आक्रमणबाट झापामा एक वृद्धाको मृत्यु
बिर्तामोड । जंगली हात्तीको आक्रमणबाट झापाको बाह्रदशीमा एकजना वृद्धाको मृत्यु भएको छ । हात्तीको आक्रमणमा परि स्थानीय ७० बर्षीया लजमा खातुनको मृत्यु भएको हो ।
बिहान ५ः३० बजेतिर बाह्रदशी गाउँपालिका–२ जनता बजारमा मर्निङ वाकमा निस्केकी खातुनलाई हात्तीले आक्रमण गरेको थियो । घाइते वृद्धालाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लैजाँदै गर्दा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय राजगढले जनाएको छ । उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको छ ।
दुई वटाको संख्यामा रहेका हात्तीको आक्रमणबाट अर्का वृद्ध घाइते भएका छन् । बाह्रदशीकै चैतन्यबारीस्थित बिरिङ खोलामा हात्तीको आक्रमणबाट स्थानीय अन्दाजी ७३ वर्षीय झप्टु राजवंशी घाइते भएका हुन् । घाइते राजवंशीको स्पाइन एक्स अस्पताल बिर्तामोडमा उपचार भइरहेको जनाइएको छ ।