२०८३ कार्तिक २६ गते , विहीबार

दसैँमा घर जानेहरूका लागि अग्रिम टिकट बुकिङ खुल्यो

sajilo news
परिवेश मिडिया
२०८३ आश्विन २३ गते , शुक्रबार
दसैँमा घर जानेहरूका लागि अग्रिम टिकट बुकिङ खुल्यो

झापा । दसैँमा घर जानेहरूका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला भएको छ । बुकिङ खुलेसँगै नयाँ बसपार्कमा लामो दुरीका यात्रुहरू टिकट लिन लाइन लागेका छन् । 
यातायात व्यवस्था विभाग, नेपाल प्रहरी र यातायात व्यवसायी तथा मजदुरबिच यही असोज २० गते विभागमा बसेको बैठकले असोज २३ गतेदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो । 
दसैँको अग्रिम टिकट बुकिङका लागि ल्होत्से बहुउद्देश्यीय प्रालिले नयाँ बसपार्क क्षेत्रमा १५ काउन्टर थप गरेको छ ।

 

सम्बन्धित समाचार