२०८३ भाद्र २७ गते , शनिबार
उद्धव थापासहित ७ जनालाई पार्टी गतिविधिमा सहभागी नगराउन निर्देशन
झापा । पार्टीले कारबाही गरेका र कारबाही प्रक्रियामा रहेका ७ नेतालाई पार्टीको कुनै गतिविधिमा संलग्न नगर्न निर्देशन दिएको छ ।
राप्रपाका महामन्त्री राजेन्द्र गुरुङले काठमाडौं, चितवन, दोलखा र धादिङ जिल्ला समितिलाई पत्र पठाउँदै ती नेताहरूलाई पार्टी गतिविधिमा सहभागी नगराउन भनेका हुन्।
उद्धव थापा, राजेन्द्र प्रजापति, राजु विष्ट, गिरबहादुर तामाङ पार्टीको साधारण सदस्यबाट निष्कासन भइसकेको र मोनिका श्रेष्ठ, नुरज बज्राचार्य र डम्बर तामाङलाई कारबाही प्रक्रियामा रहेको पत्रमा उल्लेख छ।