२०८३ भाद्र २२ गते , सोमबार
बिर्तामोडका जनक माझी लागूऔषध सहित पक्राउ
बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ९ लखिबारी बस्ने १९ वर्षीय जनक माझी लागूऔषध सहित पक्राउ परेका छन्। माझीलाई भद्रपुर नगरपालिका वडा नम्बर ३ स्थित झोलुङ्गे पुलमा सशस्त्र प्रहरीको टोलीले लागूऔषध सहित पक्राउ गरेको हो ।
आइतबार साँझ अन्दाजी ४:१० बजे भारतबाट नेपालतर्फ आउँदै गरेका पैदल यात्रुहरूलाई चेक जाँच गर्ने क्रममा माझीको साथबाट १६ ग्राम ब्राउन सुगर, ७१० रुपैयाँ नगद र नेपाली नागरिकता प्रमाणपत्रसहित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोस्ट महेशपुरबाट खटिएको सशस्त्र प्रहरी वरिष्ठ हवल्दार गोविन्दप्रसाद न्यौपानेको टोलीले पक्राउ गरेको सशस्त्र प्रहरी बल नेपाल नं .२ गण हेक्वा झापाका सूचना अधिकारी डीएसपी मदनकुमार रसाइलीले जानकारी दिए। पक्राउ परेका माझीलाई आवश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय भद्रपुर झापामा बुझाइएको प्रहरीले जनाएको छ।